२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

हाच्छिउं गर्ने बित्तिकै किन लिइन्छ भागवनको नाम ?

Logo

विराटनगर, असोज ०९
मानिसहरुले प्राय हाच्छिउं गरेपश्च्यत भगवानको नाम लिने गरेको, तपाईले विचार गर्नु नै भएको होला । श्रीमन नायारण, राधे राधे, जय श्री श्याम आफ्नो आस्था अनुसार मानिसहरुले हाच्छिउं गरेपश्च्यात भागवानको नाम लिने गरेका छन् । मुस्लिमहरुले अल्हम्दुइल्लाह (अल्हाको प्रशंसा, धन्यवाद) भन्ने गर्दछन् र क्रिशचनहरुले जिसस भन्ने गर्दछन् ।
यी विभिन्न धर्ममा गरिएको सम्बोधनको अर्थ भागवानलाई धन्यवाद भन्ने लाग्दछ । यी बाहेक अन्य धर्महरुमा पनि हाच्छिउं पश्च्यात देउतालाई धन्यवाद दिने गरेको पाईन्छ । र हाच्छिउं सुन्नेहरुले समेत आफ्नो धर्म संस्कृति र भाषामा हाच्छिउं गर्नेलाई भाग्वान्ले तिम्रो रक्षा गरुन् भन्ने गर्दछन् ।

तर हाच्यु गरेपछि भागवानको नाम लिनुको कारण के हो ? किन भागवन्लाई धन्यवाद भनिएको हो ? उच्चारण गर्नेलाई समेत सायदै थाहा होला ।
यस विषयमा अनुसान्धान गर्दै गएपछि केहि तथ्यहरु बाहिर आएका छन् । मानिन्छ, हाच्छिउं गर्ने क्रममा केहि सकेण्डका लागी मुटुको ढुकढुकी बन्द हुने गर्दछ । मुटुको ढुकढुकी बन्द हुनु भनेको मृत्यु हुनु सरह हो । मुटु बन्द भएर पुनःसंचालनमा आएपछि, मानिसहरुले भागवानको नाम उच्चारण गरी धन्यवाद दिने गरेका छन् ।
अर्को तर्फ भने, डाक्टरहरुले हाच्छिउं गर्ने क्रममा धड्कन बन्द हुने कुरा सत्य नभएको बताएका छन् । डा. सुजता रेडिका अनुसार हाच्छिउं गर्ने क्रममा धड्कन बन्द नहुने तर मुटुमा हुने रक्तसंचार भने, त्यसक्षण घट्न सक्ने बताउछिन् । उनी भन्छिन् “नाकमा केहि चिजले असजिलो बनाएपछि त्यसचिजलाई हटाउन शरिरले आटोमेटिक हावाको प्रेसर निकाल्छ, जसलाई हाच्यु भनिन्छ । त्यस क्रममा मुटु बन्द हुदैन तर हावाको प्रेसरका कारण मुटुमा हुने ब्लड सर्कुलेशन भने स्लो हुन सक्छ ”
कथन अनुसार मुटु नै पुरै बन्द नहुने भएतापनि, हाच्युको क्रममा मुटुमा केहि असजिलो (मुटुमा ब्लड सर्कुलेशन स्लो हुनु) पैदा हुने कुरा चिकित्सकको भनाईले समेत पुष्टी गर्दछ । मुटुमा असजिलो पैदा भए मुटु बन्द हुनुसक्ने संभावना भने रहदछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]