१३ आषाढ २०८२, शुक्रबार
27-06-2025 , Fri
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

हाच्छिउं गर्ने बित्तिकै किन लिइन्छ भागवनको नाम ?

Logo
प्रकाशित बिहिबार, आश्विन ०९, २०७६

विराटनगर, असोज ०९
मानिसहरुले प्राय हाच्छिउं गरेपश्च्यत भगवानको नाम लिने गरेको, तपाईले विचार गर्नु नै भएको होला । श्रीमन नायारण, राधे राधे, जय श्री श्याम आफ्नो आस्था अनुसार मानिसहरुले हाच्छिउं गरेपश्च्यात भागवानको नाम लिने गरेका छन् । मुस्लिमहरुले अल्हम्दुइल्लाह (अल्हाको प्रशंसा, धन्यवाद) भन्ने गर्दछन् र क्रिशचनहरुले जिसस भन्ने गर्दछन् ।
यी विभिन्न धर्ममा गरिएको सम्बोधनको अर्थ भागवानलाई धन्यवाद भन्ने लाग्दछ । यी बाहेक अन्य धर्महरुमा पनि हाच्छिउं पश्च्यात देउतालाई धन्यवाद दिने गरेको पाईन्छ । र हाच्छिउं सुन्नेहरुले समेत आफ्नो धर्म संस्कृति र भाषामा हाच्छिउं गर्नेलाई भाग्वान्ले तिम्रो रक्षा गरुन् भन्ने गर्दछन् ।

तर हाच्यु गरेपछि भागवानको नाम लिनुको कारण के हो ? किन भागवन्लाई धन्यवाद भनिएको हो ? उच्चारण गर्नेलाई समेत सायदै थाहा होला ।
यस विषयमा अनुसान्धान गर्दै गएपछि केहि तथ्यहरु बाहिर आएका छन् । मानिन्छ, हाच्छिउं गर्ने क्रममा केहि सकेण्डका लागी मुटुको ढुकढुकी बन्द हुने गर्दछ । मुटुको ढुकढुकी बन्द हुनु भनेको मृत्यु हुनु सरह हो । मुटु बन्द भएर पुनःसंचालनमा आएपछि, मानिसहरुले भागवानको नाम उच्चारण गरी धन्यवाद दिने गरेका छन् ।
अर्को तर्फ भने, डाक्टरहरुले हाच्छिउं गर्ने क्रममा धड्कन बन्द हुने कुरा सत्य नभएको बताएका छन् । डा. सुजता रेडिका अनुसार हाच्छिउं गर्ने क्रममा धड्कन बन्द नहुने तर मुटुमा हुने रक्तसंचार भने, त्यसक्षण घट्न सक्ने बताउछिन् । उनी भन्छिन् “नाकमा केहि चिजले असजिलो बनाएपछि त्यसचिजलाई हटाउन शरिरले आटोमेटिक हावाको प्रेसर निकाल्छ, जसलाई हाच्यु भनिन्छ । त्यस क्रममा मुटु बन्द हुदैन तर हावाको प्रेसरका कारण मुटुमा हुने ब्लड सर्कुलेशन भने स्लो हुन सक्छ ”
कथन अनुसार मुटु नै पुरै बन्द नहुने भएतापनि, हाच्युको क्रममा मुटुमा केहि असजिलो (मुटुमा ब्लड सर्कुलेशन स्लो हुनु) पैदा हुने कुरा चिकित्सकको भनाईले समेत पुष्टी गर्दछ । मुटुमा असजिलो पैदा भए मुटु बन्द हुनुसक्ने संभावना भने रहदछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ असार, काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएको छ।  संसदीय सुनुवाइ समितिमा दर्ता भएका उजुरीहरूमध्ये ५ वटा व्यक्ति केन्द्रित छन् भने २ वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित रहेका छन्। सिफारिस भएका न्यायाधीशहरूको व्यक्तिगत योग्यता, व्यावसायिक आचरण र नैतिक मापदण्डका बारेमा केरकार गर्न सक्ने समितलाइ […]

विराटनगर १२ असार। विराटनगर महानगरपालिकाले मंगलबार आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख बराबरको बजेट प्रस्तुत गरेको छ । १६ औं नगरसभामा मंगलबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् । उपमेयर कार्कीले प्रस्तुत गरेको बजेटमा प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । ऋणको सावाँ ब्याज भुक्तानीका लागि […]

विराटनगर, असार १ । उद्योग संगठन मोरङको अध्यक्ष पदमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा राठी  निर्विरोध अध्यक्षमा चुनिएका हुन्। संगठनको ५२ औं साधारणसभा शुक्रबार सम्पन्न भएको थियो। त्यसपछि शनिबार भएको निर्वाचनमा अन्य पदाधिकारीहरू पनि निर्विरोध चुनिएका छन्। निर्वाचित पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष: भोलेश्वर दुलाल द्वितीय उपाध्यक्ष: सुरेन्द्र गोल्छा उपाध्यक्ष (कृषि, जलस्रोत, ऊर्जा): […]