२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

पुस ९ गतेदेखि विराट ट्रेड एक्स्पो

Logo
जनचर्चा संवाददाता

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ ।

विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० वटा स्टल रहनेछन्। नेपालका साना, मझौला र ठूला उद्योगका उत्पादनसँगै भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरू पनि प्रदर्शनीमा राखिनेछन्।

संघका अध्यक्ष अनुपम राठीले मोरङ–सुनसरी औद्योगिक करिडोरको पुनरुत्थान गर्ने लक्ष्यसहित यो एक्स्पो आयोजना गरिएको बताए। कोशी प्रदेशका स्वदेशी उत्पादन, कृषि, पर्यटन र ऊर्जा क्षेत्रको प्रवर्द्धनमा जोड दिइने बताइएकाे छ।

 यो आयोजनाले ज्ञान, प्रविधि र उद्यमशीलतालाई प्राथमिकता दिनेछ । स्टार्टअप, सूचना प्रविधि, कर तथा लेखा र महिला उद्यमीता प्रवर्द्धनसम्बन्धी विशेष स्टलहरू रहनेछन्। युवा उद्यमीहरूका लागि व्यवसाय विस्तार, डिजिटल ज्ञान, साइबर सुरक्षा र पर्यटन प्रवर्द्धनबारे विज्ञहरूसँगको अन्तरक्रिया कार्यक्रम सञ्चालन हुनेछ।

मनोरञ्जनका लागि हरेक साँझ प्रसिद्ध कलाकारहरूको प्रस्तुति रहनेछ। कुमा सागर, रकहेड्स, एलिमेन्ट्स, कुटुम्ब, स्वप्न सुमन र उज्जेन शाक्य लगायतका कलाकारहरू मञ्चमा देखिनेछन्। मेला परिसरमा सेल्फी जोन, किड्स जोन, फिस टनेल र जलपरी टनेल निर्माण गरिनेछ भने नेपाली कला–संस्कृति झल्किने प्रवेशद्वार बनाइनेछ।

यो मेलाले ‘कोशी पर्यटन वर्ष २०८२’ लाई सफल बनाउन पनि योगदान पुर्‍याउने आयाेजककाे विश्वास छ। नेपाल र भारतको सीमावर्ती क्षेत्रबाट करिब २ लाख दर्शक आकर्षित हुने आयोजकको अनुमान छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ२५ फागुन , प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ। निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म २ […]

विराटनगर, २५ फागुन । प्रतिनिधी सभाको निर्वाचनमा नेकपा एमाले र नेपाली कम्प्युनिष्ट पार्टी ३– ३ प्रदेशमा नील भएको छ । नेकपा एमाले, मधेस, बागमती र लुम्बिनी प्रदेशमा निल भएको छ भने नेकपा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशमा नील भएको छ। सात प्रदेशमा रास्वपा ६ प्रदेशमा भारी सिटका सात पहिलो भएको छ। कोशी प्रदेशको २८ सिट […]

विराटनगर,१७ फाल्गुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । धार्मिक युवा अभियन्ता,जेनजी उमेर समुहका किशोर तथा हिन्दु धार्मिक भजन मण्डलीहरु संग शनिबार विराटनगरमा भएको चुनाव केन्द्रित […]