३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

साना तथा मझौला उद्योगको समृद्धि र संरक्षणका निम्ति नीतिगत सुधार र सहज लगानीमा जोड

Logo
जनचर्चा संवाददाता

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले साना तथा मझौला उद्योग नै रोजगारी सृजनाको मुख्य आधार भएको उल्लेख गर्दै यसको संरक्षण बिना आर्थिक समृद्धि सम्भव नभएको बताए। जेनजी आन्दोलनपछि शिथिल बनेको अर्थतन्त्रलाई सकारात्मक सन्देश दिन विराट ट्रेड एक्स्पो प्रभावकारी प्लेटफर्म बनेको बताउँदै घिमिरेले भने,“बैंकमा तरलता छ तर ऋण प्रवाह सहज छैन, कर र श्रम नीतिले उद्यमीलाई थप दबाब दिएको छ, उत्पादनमुखी अर्थतन्त्र निर्माणमा राज्य गम्भीर हुनुपर्छ।”

 

घिमिरेले ऊर्जा, श्रम, व्यापार र बजारसम्बन्धी स्थायी नीतिको अभावले साना तथा मझौला उद्योग समस्यामा परेको उल्लेख गर्दै ट्रिपिङ र लो–भोल्टेजका कारण उत्पादन लागत बढेको बताए। आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै उनले नेपालमै उपलब्ध कच्चा पदार्थ प्रयोग गरी उत्पादन गर्ने उद्योगलाई नीतिगत संरक्षण दिनुपर्नेमा जोड दिए। कृषिमा आधारित उद्योग, ऊर्जा क्षेत्र, धार्मिक पर्यटन, शिक्षा र स्वास्थ्य सेवामा कोशी प्रदेशमा प्रशस्त सम्भावना रहेको उनले औंल्याए।

 

उदय परियोजनाका ‘रिस्क शेयरिङ लिड’ उत्सव घिमिरेले साना तथा मझौला उद्योगको इकोसिस्टम सुदृढ गर्न समावेशी राजनीतिक र आर्थिक संस्थाको आवश्यकता औंल्याए। “बैंक ऋण बाहेक वैकल्पिक वित्तीय साधन नहुँदा उद्यमशीलता बढ्न सकेको छैन,” उनले भने। अवधारणामा आधारित उद्यमलाई कोलाटरल बिना समेत सहजीकरण गर्नुपर्ने र स्टार्टअपको लाइफसाइकलअनुसार सहयोग आवश्यक रहेको उनको सुझाव थियो। प्रविधि, एआई र ग्लोबल बजार पहुँचमा जोड दिँदै उनले सिड मनी र अनुदान प्रणाली अझ व्यवस्थित गरिनुपर्ने बताए ।

सरकारले दिने सब्सीडी चाहिने व्यक्तिले नै प्राप्त गर्न नसकेको हो कि भन्ने पनि भएको बताउँदै उनले इकोसिस्टम बिल्डिङमा काम गर्नुपर्ने बताउँदै भने,‘‘कन्सेप्टमा मात्र बैंकले काम नगर्ने भएकोले सरकारी तवरबाट हुने अनुदान अझ व्यवस्थित हुनुपर्छ ।’’

युवा उद्यमी प्रतीक राउतले देशका करिब ९० प्रतिशत उद्योग साना तथा मझौला रहेको उल्लेख गर्दै २०२६ पछि विकासोन्मुख राष्ट्रमा प्रवेश गर्दा ग्लोबल प्रतिस्पर्धाका लागि ब्रान्डिङ, इमेज बिल्डिङ र सूचना प्रविधिमा लगानी अपरिहार्य हुने बताए। “फिक्स क्यापिटलको आधारमा मात्र एसएमईको परिभाषा बनाउनु उपयुक्त छैन,” उनले भने।

इमेज बिल्डिङ अर्को चुनौती रहेको भन्दै राउतले इन्फरमेसन टेक्नोलोजीमा थप काम गर्न सकिने सुझाव दिदैं भारत र चीनलाई हेरेर भन्दा पनि साना तथा मझौला उद्यमको क्षेत्रमा काम गनुपर्नेमा जोड दिए । निर्यात गर्दा भ्यालु एड गरे ग्लोबल मार्केटमा कसरी बिक्री र प्रतिस्पर्धा गर्ने भन्नेमा ध्यान दिइनु पर्ने बताउँदै उनले भने,‘‘साना तथा मझौला उद्यमलाई फोकस गरेर नीतिहरु बनाइनु पर्छ । फिक्स क्यापिटलको आधारमा मात्र परिभाषा बनाइएको छ त्यो परिवर्तन गर्न आवश्यक छ ।’’ अहिलेको जेनेरेसनलाई कस्तो वातावरण दिने भन्ने राज्य र सरकारले पनि सोच्नु पर्नेमा उनले जोड दिए ।

 

उद्यमी अमित शारडाले सकारात्मक सोचले नै विकासको गति बढाउने उल्लेख गर्दै पछिल्ला २० वर्षमा धेरै परिवर्तन भए पनि अपेक्षित गतिका लागि सरकारी सक्रियता आवश्यक रहेको बताए। गुणस्तरीय उत्पादनले निर्यात बढ्ने र नयाँ आइडिया सफल हुन समय लाग्ने उनको भनाइ थियो।

 

विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जाराले पछिल्लो समय सरकार लचिलो र सहजीकरणको भूमिकामा देखिएको बताए। “डिजिटल माध्यमबाट बजार पहुँच सहज भएको छ,” उनले भने, “स्थानीय, प्रदेश र संघीय सरकारले अवसरका ढोका खोल्दै गएका छन्।”

 

घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजन पाण्डेले उद्योग दर्ता, नवीकरण, तालिम, प्रविधि हस्तान्तरण र ब्रान्डिङमा प्रदेश सरकारको नीतिअनुसार काम भइरहेको जानकारी दिए। महिला उद्यमीलाई दर्तामा राजस्व छुट दिइने र बजार मागअनुसार नयाँपनसहित उद्यम सुरु गरे सफल हुने उनले बताए।

 

सेसनमा शिखर इन्स्योरेन्सका महाप्रबन्धक प्रज्वल आचार्यले बीमा आवश्यकताबारे प्रस्तुति दिएका थिए भने इक्विटी विकासकर्ताहरूको पहलसम्बन्धी छलफल पनि गरिएको थियो। विराट ट्रेड एक्स्पोले निजी क्षेत्रको व्यापार प्रवर्द्धनसँगै उद्यमशीलता विकासको महत्वपूर्ण मञ्चका रूपमा भूमिका निर्वाह गरिरहेको सहभागीहरूको निष्कर्ष थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]