२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

भारतकाे मेघालय कोइलाखानीमा ज्यान गुमाउने नेपालीको संङ्ख्या चार पुग्यो

Logo
जनचर्चा संवाददाता

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् ।

विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको र शरीरको बनावटका आधारमा पहिचान गरिएको पारिवारिक स्रोतले जनाएको छ । खबर आएलगत्तै परिवारले काजकिरिया सुरु गरेको छ ।

यसअघि माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको कोइलाखानीमा भएको विष्फोटमा खोटाङकै २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको थियो । तीनै जना एउटै गाउँका हुन् । पूर्णबहादुर र सुरेन्द्र दाजुभाइ रहेको बताइएको छ ।

स्थानीयका अनुसार पूर्णबहादुर र सुरेन्द्रको घटनास्थलमै ज्यान गएको थियो भने नरबहादुरको उपचारका क्रममा माघ २३ गते मृत्यु भएको हो । तीनै जनाको शव भारतकै सिलाङमा दाहसंस्कार गरिएको छ ।

घटनामा परेका अन्य तीन नेपाली गम्भीर घाइते अवस्थामा उपचाररत छन् । साथै, विष्फोटपछि दर्जनौँ कामदार खानीभित्रै फसेको अनुमान गरिएको छ ।

परिवारजनका अनुसार मृतक र घाइतेहरू सबै आर्थिक अभावका कारण जोखिमपूर्ण काम गर्न भारत गएको बताइन्छ । शव नेपाल ल्याउन कुनै सरकारी सहयोग नपाएको भन्दै पीडित परिवारले गुनासो गरेका छन् ।

यो घटनाले वैदेशिक रोजगारीका नाममा जोखिमपूर्ण र अवैध काममा संलग्न नेपालीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]