१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बैंक कर्मचारीमाथि श्रमशोषण रोक्न राष्ट्र बैंकको निर्देशन, सबै बैंकका म्यानेजर माथि छानबिन हुँदै

Logo
जनचर्चा संवाददाता

काठमाडाै‌ं, जेठ १०। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अत्यधिक काममा लगाउन नपाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारी व्यवस्थापनमा प्रचलित कानून र आफ्नो निर्देशन कडाइका साथ पालना गर्न  कडा निर्देशन गरेको हो।

नयाँ निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउनुपर्दा प्रचलित कानून बमोजिम अतिरिक्त परिश्रमिक (ओभरटाइम) अनिवार्य रूपमा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, कुनै पनि कर्मचारीलाई कार्यालय समयबाहिर काम गर्न बाध्य पार्न नपाइने स्पष्ट व्यवस्था समेत गरिएको छ।

बैंक कर्मचारीको गुनासो

श्रमसम्बन्धी कानुनी व्यवस्था भए पनि  बैंक तथा वित्तीय संस्थाहरूले यसको पालना नगरेको बैंक कर्मचारीहरूको गुनासो छ। नियमानुसार दैनिक ८ घण्टा मात्र काम लगाउन पाइनेमा १२ घण्टासम्म काम लगाइने, विदाको दिनमा पनि कार्यालय बोलाइने र ओभरटाइमको पैसा नदिइने गरेको कर्मचारीहरूले बताएका छन्।

बैंक म्यानेजरहरूले आफ्नो व्यक्तिगत कार्यसम्पादन (परफर्मेन्स) देखाउनका लागि न्यूनतम कर्मचारीबाट अधिकतम काम गराउन खोज्ने गरेको कर्मचारीहरूको आरोप छ। जसका कारण कार्यालय समय (ड्युटी आवर) सकिएपछि पनि बाँकी काम (पेन्डिङ वर्क) सकिएको हुँदैन।
देशैभरीबाट बैंक कर्मचारीहरुले श्रम कार्यलय तथा सरकारका विभिन्न निकायमा गुनासाे  गरेपछि श्रम मन्त्रालय हुँदै राष्ट्रय बैंककाे ध्यानाकर्षण भएकाे हाे ।

श्रम मन्त्रालयको अनुसन्धान

यस विषयमा श्रम मन्त्रालयले पनि अनुसन्धान सुरु गरेको छ। विभिन्न जिल्लामा रहेका श्रम कार्यालयहरूले बैंकमा भइरहेको श्रमशोषणबारे गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छन्। यदि श्रम ऐन विपरीत काम गराएको पुष्टि भएमा बैंकका म्यानेजर वा जिम्मेवार व्यक्तिविरुद्ध मुद्दा समेत चलाउने तयारी भइरहेको  स्राेतले बताएको छ।

राष्ट्र बैंकको यो निर्देशन र श्रम मन्त्रालयको कडा अनुसन्धानले बैंक कर्मचारीहरूको श्रम अधिकार संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]