३० आश्विन २०८३, शुक्रबार
16-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

आईसीसीको विश्वव्यापी नेटवर्कमा जोडियो मोरङ उद्योग व्यापार संघ

Logo
३२ असार २०८३

विराटनगर, जस  । नेपालकै पहिलो उद्योग वाणिज्य संघ मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापारिक संस्था इन्टरनेशनल चेम्बर अफ कमर्श (आईसीसी) अन्तर्गत उपलब्ध हुने विश्वस्तरीय सेवा, सुविधा र नेटवर्कमा भर्खरै मात्र पूर्ण पहुँच पाएको छ । संघले सन् २०२५ देखि नै आईसीसीको सदस्यता प्राप्त गरे पनि सोअन्तर्गतका वास्तविक सुविधा र अवसरहरु उपयोग गर्ने बाटो भने भर्खरै मात्र खुलेको हो । यससँगै संघ अन्तर्राष्ट्रिय व्यापारिक सञ्जालसँग प्रत्यक्ष रुपमा जोडिएको छ ।

संघका अध्यक्ष अनुपम राठीले यस उपलब्धीले नेपाली उद्योग तथा व्यवसाय क्षेत्रका लागि नयाँ अवसरको ढोका खोलेको बताए । उनका अनुसार अब मोरङ उद्योग व्यापार संघमार्फत नेपाली उद्योगी व्यवसायीहरुले अन्तर्राष्ट्रिय व्यापार, भन्सार नीति, लगानी, बौद्धिक सम्पत्ति अधिकार तथा डिजिटल अर्थतन्त्रलगायतका विषयमा हुने विश्वस्तरीय छलफल र अन्तरक्रिया कार्यक्रममा आधिकारिक सहभागिता जनाउन सक्नेछन् । साथै अन्तर्राष्ट्रिय नीति निर्माण तथा पैरवी प्रक्रियामा नेपाली उद्योगी व्यवसायीका सुझाव र धारणा समावेश गराउन पनि अब सहज हुनेछ ।

अस्थायी आयात–निर्यातलाई सहज बनाउने उद्देश्यले आईसीसीद्वारा सञ्चालन हुँदै आएको एटीए कार्नेट प्रणाली पनि नेपालका उद्योगी व्यवसायीले अब संघमार्फत उपयोग गर्न सक्नेछन् । यसका साथै निर्यातकर्ताहरुले आईसीसीको मापदण्डअनुसार आवश्यक प्रमाणपत्र, व्यवसायिक सिफारिस तथा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी कागजातहरु पनि संघबाटै प्राप्त गर्न सक्नेछन् । संघले आफ्ना सदस्य प्रतिष्ठानहरुलाई विश्वका एक सयभन्दा बढी देशका चेम्बर तथा व्यवसायिक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउने र अन्तर्राष्ट्रिय व्यापार मेला, व्यवसायिक बैठक, प्रतिनिधिमण्डल आदानप्रदान तथा बी टू बी म्याच मेकिङजस्ता कार्यक्रममा सहभागिताको अवसर उपलब्ध गराउने जनाएको छ ।

यसैगरी आईसीसीअन्तर्गत रहेको वल्र्ड चेम्बर्स फेडरेसनका चेम्बर मेन्टरशिप कार्यक्रम, क्षमता अभिवृद्धि कार्यशाला, नवप्रवर्तन पुरस्कार, तालिम, सेमिनार तथा वेबिनारमा समेत संघ र यसका सदस्य उद्योग व्यवसायले सहभागिता जनाउन सक्नेछन् । आईसीसीबाट प्रकाशित अन्तर्राष्ट्रिय व्यापारिक पोर्टल, अनुसन्धानात्मक प्रतिवेदन तथा अध्ययन सामग्रीहरु पनि संघका सदस्यहरुले प्राप्त गर्न सक्नेछन्, जसले साना तथा मझौला उद्योगहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न आवश्यक जानकारी र सहयोग पुर्‍याउने संघको विश्वास छ । त्यस्तै अन्तर्राष्ट्रिय व्यापारिक विवाद समाधानका लागि आईसीसीको विश्व प्रसिद्ध मध्यस्थता तथा मध्यस्थ सेवा उपयोग गर्ने अवसरसमेत नेपाली व्यवसायीहरुले प्राप्त गर्ने भएका छन् ।

अध्यक्ष राठीले आफ्नो नेतृत्वमा संघले यी सुविधामा पूर्ण पहुँच प्राप्त गर्न सफल भएकोमा गौरव महसुस गरेको बताउँदै यो उपलब्धि मोरङ उद्योग व्यापार संघको मात्र नभई सम्पूर्ण नेपाली उद्योग व्यवसाय क्षेत्रकै ऐतिहासिक सफलता भएको बताए । “आईसीसीको सदस्यताले नेपाली उत्पादन तथा सेवाहरुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन, निर्यात प्रवद्र्धन गर्न, विदेशी लगानी आकर्षित गर्न र विश्वस्तरमा नेपाली व्यवसायीको आवाज स्थापित गर्न महत्वपूर्ण सहयोग पुग्नेछ,” राठीले भने । उनले अब संघले अन्तर्राष्ट्रिय मञ्चमार्फत नेपाली उत्पादनको प्रवद्र्धन, निर्यातमुखी उद्योगलाई सहजीकरण, अन्तर्राष्ट्रिय प्रमाणिकरण प्रक्रियामा सहयोग, व्यवसायिक भ्रमण आदानप्रदान तथा सुरक्षित र दिगो व्यवसायिक वातावरण निर्माणमा भूमिका खेल्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]