काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा नेपाली कांग्रेसको राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ ।
भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि साउन २८ गते बिहीबार स्वदेश फर्किसकेका छन्। जेनजी आन्दोलनताका भएको आक्रमणमा घाइते भएका उनी फागुन १३ गते सिंगापुर एयरलाइन्सको उडानबाट उपचारार्थ सिंगापुर गएका थिए र चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका थिए। झन्डै छ महिनापछि स्वदेश फर्किएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका शुभेच्छुकले भव्य स्वागत गरेको थियो।