२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विराटनगरमा “दाज्जु” को चिया पसल

तन्दुर चिया, मट्का चिया अनि अलैंची चिया विशेषता
Logo

विराटनगर,असोज २५

नामले नै आकर्षित गर्ने गरी विराटनगरमा संचालनमा आएको “दाज्जु” चिया पसल अहिले चिया पारखीको लागी जमघट गर्ने थलो भएको छ । एक पटक चाखेपछि जिब्रोमै चियाको स्वाद झुण्डिने गरेको यहाँ आउने ग्राहकहरुले प्रतिक्रिया दिने गरेका छन् । उक्त पसलमा ६ थरीका दुधका चिया र ९ थरीका विना दुधको चिया उपलब्ध छ । मट्का, तन्दुर र अलैंची चिया यहाँको विषेशता हो । यहाँ माटोको भाडामा दिइने चियालाई मट्का चिया भन्ने गरिएको छ । उक्त चियामा नरिवलको धुलो समेत छरिएको हुन्छ । त्यस्तै तस्दुर चियामा, पहिला माटोको भाडालाई कोइलामा सेकेर त्यसमा चिया हाल्ने गरिन्छ जसको स्वाद अन्य चियाभन्दा अत्यन्तै फरक हुने गरेको चाख्नेहरु बताउछन् । दाज्जु चिया पसलको रेगुलर कस्टमर अरुण पुरी भन्छन् “पहिलो पटक चाख्दा नै चियाको स्वाद मेरो जिब्रोमा झुण्डियो, यहाँको चिया मलाई लत जस्तो नै भईसक्यो हरेक दिन चिया पिउन यही नै आउने गर्छु ”

चिया खाएपश्च्यात माटोको भाडोमा ग्राहकहरुले फिड-ब्याक दिन सक्ने वा सिग्नेचर गर्ने सक्ने व्यवस्था समेत मिलाईएको छ । कतिपय आउने जोडिहरुले माटोको भाडामा लबको चित्र बनाई संगोल नाम लेख्ने गरेका छन् । उक्त कोरिएका भाडालाई एक वर्षसम्म सम्झना स्वरुप रेष्टुरेन्टले आफ्नो डिसप्ले -याकमा सबैले देख्ने गरी राख्ने गरेको छ ।

विराटनगरको आर्दश विद्यालयको पछाडिको सडकमा अवस्थित दाज्जै चिया पसल आसोज १२ गते बाट संचालनमा आएको हो । संचालकद्धय दुर्गेश घिमिरे र सुमन खड्काद्धरा संचालित उक्त चिया पसलमा बिहानदेखि बेलुकैसम्म चिया पिउनेहहरुको खचाखच भिड हुने गर्दछ । संचालक दुर्गेश घिमेरेका भन्छन् “चिया सबै तिर पाउने चिज हो, पसलैपिछे चियाको स्वाद फरक हुने गर्दछ सोही करण विराटनगरवासीले चियाको असली स्वाद अहिलेसम्म थाहा पाउन सकेका छैनन्”  उनले थपे “हाम्रो उद्देश्य स्वादमा अलमलिएका विराटनगरवासीलाई चियाको असिल स्वादसँग परिचित गराउने हो  ”

संचालक : बाँया दुर्गेश दाया सुमन

उक्त रेष्टुरेन्ट संचालनको लागी हालसम्म पाचिँस लाख रुपैया लगानी भएको आर्का संचालक सुमन खड्का बताउँछन् । लगानी थोरै भएपनि आफुले गरेको मेहनतको कारण कामले सफलता पाएको खड्काको भनाई छ । हाल दाज्जु चिया पसलमा दैनिक डेढ सय देखि दुई सयसम्म ग्राहक आउने गरका छन् भने दैनिक बिक्रि १२ देखि १५ हजार सम्म हुने गरको छ । उक्त रेष्टुरेन्ट संचालनको लागी कुक, वेटर र एकाउण्टेन्ट सहित ८ जना कर्मचारीलाई नियुक्ती गरिएको छ । संचालकद्धय घिमिरे र खड्का आफै पनि रेष्टुरेन्टको सबै काम भिड्ने गर्दछन् ।
दाज्जु चिया पसलमा चिया बाहेक चिकेन विंग, हट–डग, बर्गर, निम्की, फ्राइज, सेलरोटी, खजुरी, पकौडा र स्यान्डविंच पाउने गरको छ । खानेकुरामा बर्गर र विंग्स यस रेष्टुरेन्टको स्पेशल आईटम रहेकाले एक पटक स्वाद चाख्नको लागी भएपनि दाज्जु चिया पसल आउनु हुन सबै विराटनगरवासीलाई संचालक दुर्गेश घिमिरेले आग्रह गरेका छन् ।
संचालक घिमिरले कुकिङमा डिप्लोमा गरिसकेको छन् भने विभिन्न देशहरुमा गई ठुला ठुला रेष्टुरेष्टहरुमा कुकिङ संबन्धि अनुभव बटुलिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]