०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

खोलामा रञ्जनाको शव भेटियो

भारतमा रहेको सुसरालीबाट नेपाली चेली बेपत्ता (अपडेट)
Logo

राजेश शर्मा
जोगबनी (भारत), आसोज २६

दाइजो नदिएको विषयमा यातना खेप्दै आएकी एक नेपाली चेली, भारतमा मृत अवस्थामा फेला परेकी छिन् । नेपालको विराटनगर पिचरास्थित माइती घर भएकी २२ वर्षीय रन्जना सहनी (बहरदार)को मृत शरिर आज भारितय प्रहरीले भट्टाएको छ ।
दुई दिनदेखि बेपत्ता रहेकी रञ्जनालाई खोज्ने क्रममा प्रहरीेले आज भारतको जोगवनीदेखि करिब ३ किलोमिटर दुरीमा रहेको ‘परमान’ खोलामा शव भेट्टाएको हो ।


प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भारतको जोगवनी भेडयारीस्थित ससुरालीमै रञ्जनाको हत्या भएको हुनसक्ने आँङकलन गरिएको छ । रञ्जनाको ६ महिना अघि भारतिय नागरिक भिम बहरदारसँग बिवाह भएको थियो । उनी भारतको भेडियारीस्थीत ससुरालमा बस्दै आएकी थिईन् ।
प्रहरीले हत्या आरोपमा रन्जनाका श्रीमान सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनी बहरदार, अर्जुन बहरदार र छिमिकी शिवानन्द मुखिया रहेका छन् ।
२ लाख रुपैयाँ दाइजो नदिदाँ श्रीमान्सहित ससुरालपक्षका अन्य सदस्यहरुले रञ्जनाको हत्या गरेको माइती पक्षको आरोप छ ।

यो पनि पढ्नुहोस् : भारतमा रहेको सुसरालीबाट नेपाली चेली बेपत्ता 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]