१२ मंसिर २०८०, मंगलबार
28-11-2023 , Tue

भारतमा रहेको सुसरालीबाट नेपाली चेली बेपत्ता

दाइजोको कारण रोटी बेटीको नाता संकटमा
Logo
प्रकाशित शनिबार, आश्विन २५, २०७६

राजेश शर्मा
जोगबनी (भारत), आसोज २६
दाइजो नदिएको कारण एक नेपाली चेलिलाई भारतमा बेपत्ता बनाइएको छ ।
नेपालको विराटनगर पञ्चमुखी चौक बस्ने मानिक चन्द सहनीको २२ वर्षीय छोरी रञ्जुदेवि सहनी (बहरदार) ससुरालबाटै बेपत्ता भएकी हुन् । भारतको बिहारस्थित जोगबनी भेडियारी सुसाराली रहेको ति नेपाली चेलालाई बारम्बार दाईजोको न्युमा ससुरालीले यताना दिने गरेको मईती पक्षको भनाई छ । रञ्जुदेविको ६ महिना अघि भारतिय मुलका २५ वर्षीय भिम बहरदार संग बिवाहा भएको थियो ।
ससुरालीले पटक पटक दाइजोको लागि छोरीलाई यातना दिदै पैसा र विभिन्न सरसामान माग्न लगाइएको बुवा मानिक चन्दले बताउँछन् । उनले भने  “पैसा र सरसामान नदिदा छोरीलाई मार्दिन्छु भन्दै धम्की ससुरालीबाट आउने गरेको थियो, आज त्यही फलस्वरूप छोरीलाई मारेर बेपत्ता बनाइयो”

छोरीलाई ससुरालीबाट प्रसेर आएपछि पहिलो पटक विभिन्न ठाउँ बाट ऋण गरेर ९० हजारको मोटरसाइकल किने दिएको बुबा मानिक चन्द बताउँछन् । तर त्यतीले नपुगेपछि पसल गर्ने बहानामा अझै २ लाख चाहियो भन्दै छोरीलाई यातना दिने गरेको उनले दुखेसो पोखे ।
मानिक चन्द भन्छन् “केहि दिनदेखि छोरीको ससुरालीमा दाइजोको न्युका कारण विवाद बढ्दैको गएको थियो, कहिबाट छोरीलाई मारेर बपत्ता बनाईएको खबर आएपछि हामी छोरी खोज्नतर्फ लग्यौ, तर फेला पार्न सकेनौं”
अहिले यो घटनाको जोगबनी थानामा उजुरी परे संगै अनुसन्धान भइरहेको छ भने मृतक भनिएकी रञ्जुको खोजतलास भइरहेको छ । जोगबनी प्रहरीका अनुसार ससुरालीको सबै परिवारजन फरार रहेको छ र सबैको खोजतलास भैइरहेको बताईएको छ ।

तस्बीर : जेनवन डट कमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, फागुन ३० कोरोना भाइरसका कारण भारत सरकारले आजबाट नेपाल–भारत सीमानाका बंद गरेको हल्ला फैलिएको छ । भारतले १३ मार्च देखि १५ अप्रिल, २०२० सम्मका लागि तेस्रो मुलुकका नागरिकको भिसा रद्द गर्ने निर्णय गरेसँगै नेपालमा भारत सिमा बन्द हुने हल्ला फैलिएको हो । तर उक्त निर्णय अनुसार भारतले तेस्रो मुलुकका पर्यटकलाई मात्र प्रवेशमा प्रतिबन्ध लगाएको […]

फारबिसगंज (भारत), कात्तिक ११ ईंडियन रेलवे केटरिंग एण्ड टुरिज्म कार्पोरेशनले (आईआरसीटीसी) ले यात्रीहरुलाई महिला ट्रेन होस्टेसलाई नजिस्काउन चेतावनी दिएको छ । आईआरसीटीसीले देशको पहिलो निजी ट्रेन तेजस एक्सप्रेसको यात्रीहरुलाई ट्रेन होस्टेससँग सभ्यतापुर्वक व्यवहार गर्न चेतावनी दिएको हो । दिल्ली र लखनऊको बीचमा चलिरहेको तेजस एक्सप्रेसमा विश्वस्तरीय सुविधाका साथ हवाईजहाज जस्तै यात्रुहरूको सेवाका लागि ट्रेन होस्टेसहरू […]

राजेश शर्मा जोगबनी (भारत), आसोज २६ दाइजो नदिएको कारण एक नेपाली चेलिलाई भारतमा बेपत्ता बनाइएको छ । नेपालको विराटनगर पञ्चमुखी चौक बस्ने मानिक चन्द सहनीको २२ वर्षीय छोरी रञ्जुदेवि सहनी (बहरदार) ससुरालबाटै बेपत्ता भएकी हुन् । भारतको बिहारस्थित जोगबनी भेडियारी सुसाराली रहेको ति नेपाली चेलालाई बारम्बार दाईजोको न्युमा ससुरालीले यताना दिने गरेको मईती पक्षको भनाई […]