०३ आश्विन २०८२, शुक्रबार
19-09-2025 , Fri
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

चिनियाँ दुतावास र नेपाली सुरक्षा निकायको आँकलन फेल

Logo
प्रकाशित मंगलबार, आश्विन २८, २०७६

काठमाडौ, असोज २८
चिनियाँ दुतावास र नेपालका सुरक्षा निकायहरुले चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमणको क्रममा स्वतन्त्र तिब्बत पक्षधरहरुले कालो झण्डा देखाउने आँकलन गरेका थिए । तर सिको दुई दिने नेपाल बसाईमा कसैले उनलाई कालो झण्डा देखानन् न त कसैले प्रत्यक्ष विरोध नै गरे ।
राष्ट्रपति सि को भ्रमणअघि सुरक्षालाई मध्यनजर गर्दै नेपालस्थित चिनियाँ दूतावासले ‘थ्रेट एनालाइसिस’ गरेको थियो ।
थ्रेट एनेलाइसिस रिपोर्टका अनुसार ‘फ्री तिब्बत अभियान’ मा संलग्न व्यक्तिले राष्ट्रपतिलाई सी लाई कालो झण्डा देखाउन सक्ने आँकलन गरिएको थियो । नेपालका सुरक्षा निकायहरुको विषलेशण पनि सोही रिपोर्टसँग मिल्दोजुल्दो थियो ।
के हो फ्री तिब्बत अभियान ?
चीनको एक प्रान्त रुपमा चिनिएको तिब्बतलाई स्वतन्त्र र छुट्टै राष्ट्रको रुपमा स्थापित गरिनु पर्ने त्यहाँका बासिन्दाले माग राख्दै आएका छन् । सन १९५० ताका चिनले बलमिचाई गरी तिब्बतलाई आफ्नो अधिनमा लिएको स्वतन्त्र तिबब्त पक्षधरहरुको भनाई छ । त्यस समय थुप्रै तिब्बतीहरु चिनको शासकको डरले तिब्बत छोडेर भारतमा शरण लिन पुगेको बताइन्छ ।
तत्कालिन समय तिबब्तबाट फारर भई भारत घुसेका तिब्बतीहरु अहिले विश्वभरिनै फैलिसेकेका छन् । उनीलहरुले अन्तराष्ट्रिय संजालनै बनाई तिब्बत स्वतन्त्र हुनु पर्ने विश्वभरीनै वकालत गरिरहेका छन् । फ्रि तिब्बत अभियान अन्तर्गत उनीहरुले स्वतन्त्र तिब्बतको पक्षमा विरोध प्रदर्शन एव् सभाहरु गर्दै आएका छन् ।

तेन्जिन ग्यात्सो, १४ औं दलाई लामा

दलाई लामा र तिब्बत
दलाई लामा तिब्बतका सर्वोच्च धर्मगुरु हुन् । वास्तबमा दलाई लामा कुनै नाम नभएर तिब्बतमा सर्वाेच्च धर्मगुरुलाई दिने पद हो । सर्वोच्च धर्मगुरुलाई नै तिब्बतमा राष्ट्र प्रमुखको पदवी दिने चलन छ ।
१९३३ मा १३ औं दलाई लामाको निधन पश्च्यात १९५० मा हालका दलाई लामा तिब्बतको १४ औं धर्मगरु बने । तर त्यस समय तिब्बत प्रति चिन आक्रमक बनिसकेको थियो । चिनियाँ शासककै त्रासले दलाई लामा र उनका अनुयायी तिब्बतबाट भागेर अन्य मुलुक पुगेको बताईन्छ ।

१९५९ मार्च १० तिब्बतीहरु चिनले गरको दमन विरुद्ध सडक अन्दोलनमा उत्रिएका थिए । त्यसक्रमा चिनले दलाइ लामा र उनका अनुयायीहरुलाई पक्राउ गर्ने खोजे पछि उनीहरु भारततर्फ पलाइन भएका थिए । अहिले पनि १० मार्चको दिन स्वतन्त्र तिब्बत पक्षधर एव तिब्बती शरणार्थिहरुले विश्वभर रहेको चाईनिज दुतावास अगाडि विरोध प्रद्धशनी गर्ने गरेका छन् । त्यसका साथै चिनका राष्ट्रपति कुनै कार्यक्रम वा भ्रमणमा विदेश पुग्दा त्यहाँ रहेका तिब्बती शरणार्थिहरुले विरोध प्रदर्शन गर्ने गरेका छन् ।

अर्कोतर्फ चिनले भने तिब्बत कहिले पनि आफैमा स्वतन्त्र नरहेको बताउँदै आएको छ । त्यस क्षेत्रको जनताको मागलाई मध्यनजर गर्दै तिब्बतलाई चिनको स्वतन्त्र प्रान्त बनाइएको चिन बताउँछ । तर देश नै टुक्रिने गरी तिब्बतलाई स्वतन्त्र बनाउनु पर्ने विषयमा चिनले असहमति राख्दै आएको छ ।

यो पनि पढ्नुहोस् : चिनियाँ राष्ट्रिपति सी लाई नेपालमा कालो झण्डा देखाइने

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]