२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

मारिए आईएसका नेता अल बग्दादी

Logo

एजेन्सी, कात्तिक ११ 
विश्व चर्चित आतंकवादी संगठन आईएसका नेता अल बग्दादी मारिएका छन ।

विश्वका सबैभन्दा खोजी गरिएका उनलाई अमेरिकी फौजले मारेको हो । फौजको कारबाहीमा परीे ठुलो सङ्ख्यामा अल बग्दादीका अनुयायीहरू मारिएका छन भने धेरैलाई नियन्त्रणमा समेत लिईएको छ । अमेरिकी विशेष फौजको घेराबन्दीमा परेपछि अल बग्दादीले एउटा “सुसाइड भेस्ट” समेत विस्फोट गराएका थिए ।

अल बग्दादी मारिएपछि अमेरिकी राष्ट्रपति डोनल ट्रम्पले भने, “अल बग्दादीलाई समात्नु वा मार्नुमा मेरो प्रशासनको प्रमुख राष्ट्रिय सुरक्षा प्राथमिकता रहिआएको थियो । निकै कठिनाई र मृत्यु निम्त्याएका एक क्रुर हत्यारा हिंसात्मक रूपमा निर्मूल पारिएका छन ।” राष्ट्रपति ट्रम्पले मारिनेहरूमा उनकी दुई श्रीमती पनि रहेको पुष्टि गरेका छन ।

को थिए अल बग्दादी?

सिरिया र इराकको ठूलो भूभागमाथि कब्जा जमाएपछि सन् २०१४ मा चर्चामा आएको चरमपन्थी इस्लामवादी समूह ‘आईएस’ का नेता अल बग्दादी विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्थे । सन १९७१ मा बग्दादको उत्तरस्थित समरामा उनको जन्मिएका उनी एक अत्यन्तै व्यवस्थित र क्रूर विद्रोही योद्धाका रूपमा कुख्यात थिए ।

अरूका भनाइमा चाहिँ दक्षिण इराकस्थित अमेरिकी शिविर क्याम्प बुक्कामा चार वर्ष बन्दी बनाइएपछि बग्दादी कट्टरपन्थी भएर निस्किए । सो शिविरमा कैयौँ अल कायदा कमाण्डरहरूलाई राखिएको थियो । सन् २०१० मा बग्दादी इराकमा अल कायदाको नेताका रूपमा उदाए । पछि सो समूह आइएसमा समाहित भएको थियो । सिरियाको अल नुसरा गुटसँग जोडिने प्रयास भइरहेको बेला बग्दादी उक्त सङ्गठनको उच्च नेतृत्वमा उदाए ।

सन २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारिक रूपमा आतङ्कवादी घोषणा गर्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार दिने घोषणा समेत गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]