१२ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

विराट निर्सिङ होम पुनः विवादमा, फेरी पनि बिरामीले गुमाउनु पर्यो ज्यान

तिन वर्ष अघि यसै अस्पतालमा चर्को फी तिर्न नसक्दा एक विरामीले गरेका थिए आत्माहत्या
Logo
प्रकाशित शुक्रबार, कार्तिक १५, २०७६

विराटनगर, कार्तिक १५
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा बिहिवारबाट शुरु भएको आन्दोलन र नाराबाजी अझै रोकिएको छैन ।
समान्य अवस्थामा अस्पताल भर्ना भएकी दुहबी ८ स्थित नरिणगंज बस्ने २० वर्षीय रमिला कार्की घिमिरेको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा बिहीवार प्रद्धशन गरेका थिए । रमिलाको मृत्य कसरी भयो भन्ने विषयमा अस्पतालबाट चित्त बझ्दो जफाव नआएपछि शुक्रवार पनि मृतकको आफन्तले आन्दोलन र नारावाजीलाई जारी राखेका छन् ।
मृतकका आफन्तका अनुसार
डेलिभरीका लागि विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल टंकीसिनवारीमा सोमबार राती २ बजे भर्ना भएकी रमिला कार्कीले नर्मल प्रसूतिमार्फत् बिहान ८ बजेर ५ मिनेटमा बच्चालाई जन्म दिएकी थिईन् । बच्चा जन्मिएपछि ४ घण्टासम्म उच्च रक्तश्रावका कारण महिलाको अवस्था गम्भीर बनेको थियो । बिरामीको बिग्रँदो स्वास्थ्य अवस्था हेरेरे अस्पतालमा जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको बिरामीकी जेठानी सुनैना घिमिरेले बताईन । उनीले रोई कराई गरेर डाक्टरसँग बिरामी बचाईदिन आग्रह गर्दा डा. ज्ञानेन्द्रमान सिंह कार्कीले लगायतको टोलीले मनोमानी ढङगबाट शल्यक्रिया गरेर बिरामीको पाठेघर फालेकोे घटना सुनाईन । उनीले पाठेघर फालेको बिषयमा बिरामीबारे थप जानकारी लिन खोज्दा डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले अपशब्द प्रयोग गर्दै आफुलाई गाली बेईज्जती समेत गरेको बताईन ।
यता बिरामीका श्रीमान लालबहादुर घिमिरेले बिरामीको अवस्था थप गम्भीर भएको बताउँदै बिरामीलाई लापरबाही पुर्ण तरिकाले विराट मेडिकल कलेजबाट विराट नर्सिङ होममा सारिएको बताए । उनले गत बुधबार नै बिरामीको मृत्यु भईसक्दा पनि अस्पतालले भने बिहीबार बेलुका मात्रै मृतक घोषणा गरेको गुनासो गरे । उनले अस्पतालले श्रीमतीलाई मृतक घोषणा गरिसक्दा पनि बच्चाको बारेमा आफुलाई केही जानकारी नभएको बताए ।

यस बिषयमा डाक्टर ज्ञानेन्द्रमान सिंह कार्की वा अस्पताल प्रशासनले भने केही बोल्न मानेको छैन । विराट नर्सिङ होम, यसअघि पनि धेरै पटक लपारवाहीको कारण विरामीको ज्यान गएर विवादमा तानिसकेको छ ।
यसै अस्पतालमा तिन वर्षअघि एक विरामीले अस्पतालको चर्को फि तिर्न नसकेर अस्पतालको छतवाट हाम फालेर आत्महत्या गरेका थिए । २०७३ कर्तिक १६ गते सुनसरी, कुसाहाका २५ वर्षीय अनुज विश्वासले उपचारपछि इलाज खर्च सुनेर अस्पतालको तस्रो तल्लाबाट हाम फाली आत्माहत्या गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ असार, काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएको छ।  संसदीय सुनुवाइ समितिमा दर्ता भएका उजुरीहरूमध्ये ५ वटा व्यक्ति केन्द्रित छन् भने २ वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित रहेका छन्। सिफारिस भएका न्यायाधीशहरूको व्यक्तिगत योग्यता, व्यावसायिक आचरण र नैतिक मापदण्डका बारेमा केरकार गर्न सक्ने समितलाइ […]

विराटनगर १२ असार। विराटनगर महानगरपालिकाले मंगलबार आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख बराबरको बजेट प्रस्तुत गरेको छ । १६ औं नगरसभामा मंगलबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् । उपमेयर कार्कीले प्रस्तुत गरेको बजेटमा प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । ऋणको सावाँ ब्याज भुक्तानीका लागि […]

विराटनगर, असार १ । उद्योग संगठन मोरङको अध्यक्ष पदमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा राठी  निर्विरोध अध्यक्षमा चुनिएका हुन्। संगठनको ५२ औं साधारणसभा शुक्रबार सम्पन्न भएको थियो। त्यसपछि शनिबार भएको निर्वाचनमा अन्य पदाधिकारीहरू पनि निर्विरोध चुनिएका छन्। निर्वाचित पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष: भोलेश्वर दुलाल द्वितीय उपाध्यक्ष: सुरेन्द्र गोल्छा उपाध्यक्ष (कृषि, जलस्रोत, ऊर्जा): […]