२१ आषाढ २०८३, आइतबार
05-07-2026 , Sun
Gold Silver Price (Asar 18, 2083, THUR)
Fine Gold 1 Tola NRs. 284000
Silver 1 Tola Nrs. 4465

विराट निर्सिङ होम पुनः विवादमा, फेरी पनि बिरामीले गुमाउनु पर्यो ज्यान

तिन वर्ष अघि यसै अस्पतालमा चर्को फी तिर्न नसक्दा एक विरामीले गरेका थिए आत्माहत्या
Logo

विराटनगर, कार्तिक १५
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा बिहिवारबाट शुरु भएको आन्दोलन र नाराबाजी अझै रोकिएको छैन ।
समान्य अवस्थामा अस्पताल भर्ना भएकी दुहबी ८ स्थित नरिणगंज बस्ने २० वर्षीय रमिला कार्की घिमिरेको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा बिहीवार प्रद्धशन गरेका थिए । रमिलाको मृत्य कसरी भयो भन्ने विषयमा अस्पतालबाट चित्त बझ्दो जफाव नआएपछि शुक्रवार पनि मृतकको आफन्तले आन्दोलन र नारावाजीलाई जारी राखेका छन् ।
मृतकका आफन्तका अनुसार
डेलिभरीका लागि विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल टंकीसिनवारीमा सोमबार राती २ बजे भर्ना भएकी रमिला कार्कीले नर्मल प्रसूतिमार्फत् बिहान ८ बजेर ५ मिनेटमा बच्चालाई जन्म दिएकी थिईन् । बच्चा जन्मिएपछि ४ घण्टासम्म उच्च रक्तश्रावका कारण महिलाको अवस्था गम्भीर बनेको थियो । बिरामीको बिग्रँदो स्वास्थ्य अवस्था हेरेरे अस्पतालमा जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको बिरामीकी जेठानी सुनैना घिमिरेले बताईन । उनीले रोई कराई गरेर डाक्टरसँग बिरामी बचाईदिन आग्रह गर्दा डा. ज्ञानेन्द्रमान सिंह कार्कीले लगायतको टोलीले मनोमानी ढङगबाट शल्यक्रिया गरेर बिरामीको पाठेघर फालेकोे घटना सुनाईन । उनीले पाठेघर फालेको बिषयमा बिरामीबारे थप जानकारी लिन खोज्दा डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले अपशब्द प्रयोग गर्दै आफुलाई गाली बेईज्जती समेत गरेको बताईन ।
यता बिरामीका श्रीमान लालबहादुर घिमिरेले बिरामीको अवस्था थप गम्भीर भएको बताउँदै बिरामीलाई लापरबाही पुर्ण तरिकाले विराट मेडिकल कलेजबाट विराट नर्सिङ होममा सारिएको बताए । उनले गत बुधबार नै बिरामीको मृत्यु भईसक्दा पनि अस्पतालले भने बिहीबार बेलुका मात्रै मृतक घोषणा गरेको गुनासो गरे । उनले अस्पतालले श्रीमतीलाई मृतक घोषणा गरिसक्दा पनि बच्चाको बारेमा आफुलाई केही जानकारी नभएको बताए ।

यस बिषयमा डाक्टर ज्ञानेन्द्रमान सिंह कार्की वा अस्पताल प्रशासनले भने केही बोल्न मानेको छैन । विराट नर्सिङ होम, यसअघि पनि धेरै पटक लपारवाहीको कारण विरामीको ज्यान गएर विवादमा तानिसकेको छ ।
यसै अस्पतालमा तिन वर्षअघि एक विरामीले अस्पतालको चर्को फि तिर्न नसकेर अस्पतालको छतवाट हाम फालेर आत्महत्या गरेका थिए । २०७३ कर्तिक १६ गते सुनसरी, कुसाहाका २५ वर्षीय अनुज विश्वासले उपचारपछि इलाज खर्च सुनेर अस्पतालको तस्रो तल्लाबाट हाम फाली आत्माहत्या गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]