०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

यौन काण्डमा मुछिएका कान्तिपुरका संचालक सुबोध अझै फरार, घटना ढाकछोप गर्न नातेदार परिचालन

Logo

विराटनगर, माघ १३
मोरङको बुढीगंगा गाउँपालिका, नेमुवा चौकस्थित कान्तिपुर प्याकेजिङ प्रा.लि.का संचालक सुबोध कोइराला शनिबारबाट फरार छन् । सोही गाउँपालिकाको गंगाचौकमा घर भएका कोइराला, घर छेउकै एक महिलासँग अश्लील कार्य गर्दै गरेको अवस्थामा शनिबार रंगेहात पक्राउ परेका थिए ।
स्रोतका अनुसार उक्त घटनालाई डाकछोप गर्न अहिले काईरालाका आफन्तहरु लागी परेका छन् । प्रहरी समक्ष उजुर नगर्न भनी कोइरालाका नातेदारले महिला पक्षलाई विभिन्न खाल्को प्रलोभन दिईरहेको स्रोत बताउँछ ।
उक्त घटनालाई समासुम पार्न कोइरालाका आफन्त पर्ने सन्तोष भट्टराई परिचालित भएका छन् । भट्टराईले उक्त विषयमा समाचार लेख्ने वा लेख्न खोज्ने पत्रकारहरुलाई विभिन्न खाल्को डरधम्की दिईरहेका छन् । आईतबार जनचर्चा डट कमका सम्पादक दिनेश खड्कालाई भट्टराईले पटक पटक फोन गरी समाचार लेखेको विषयमा धम्की दिएका थिए ।
भट्टराईले समाचार आएको विषयहरु सरासर गलत भएको बताईरहेका छन् । तर स्रोतले भने सुचना सहि भएको दिबी गर्दै आएको छ ।

यो पनि पढ्नुहोस् : यौन काण्ड : कान्तिपुर प्याकेजिङका संचालक फरार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]