०९ जेठ २०८३, शनिबार
23-05-2026 , Sat
Gold Silver Price (Baishak 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 295800
Silver 1 Tola Nrs. 5100

अभियानता इराकीद्धरा विराटनगरमा निशुल्क मास्क वितरण

Logo

विराटनगर, फागुन २४
विराटनगरका युवा अभियान्ता चाँद इराकीले एक हजार जनालाई निशुल्क माक्स वितरण गरेका छन् ।
पछिल्लो विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाली समाज समेत त्रसित छ । हालसम्म नेपालमा सो भाइरसको संक्रमण नदेखिएपनि नेपाली बजारमा माक्सको अभाव र कालोबजारी सुरु भइरहेका बेला इराकीले बिराटनगरका बिभिन्न स्थानमा एक हजार जनालाई निशुल्क माक्स दिएका दिएका हुन् ।
‘बजारमा माक्सको आभाव छ, मानिसहरुले सहजरुपमा माक्स खरिद गर्न पाईरहेका छैनन्’ अभियान्ता इराकीले भने ‘मैले आफ्नो तहबाट सक्ने सहयोग गर्न खोजेको हु, मेरो मासिक तलबबाट मैले एक हजार मास्क वितरण गर्दै छु ।’
युवा अभियानता इराकि हाल एनसेलका क्षेत्रिय कार्यलय विराटनगरमा कार्यरत छन् ।
कार्यक्रममा मोरङका प्रहरी प्रमुख उपरिक्षक विश्व अधिकारीले अभियानता ईराकीले गरेको काम उदरणीय भएको भन्दै मुक्त कण्ठले प्रसंशा गरेका थिए ।
नेकपाका युवा नेता ओसिम आलमले पछिल्लो समय मुलुकभर मास्कको कालोबजारी बढ्दै गएको र त्यसलाई रोक्न सरकार गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जेठ ५, विराटनगर — कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार यस वर्षको नीति तथा कार्यक्रममा केही प्रमुख योजनाहरू समावेश छन्: मुख्य कार्यक्रमहरू: प्रदेशका दुई स्थानमा सरकारी लागुऔषध सुधार केन्द्र स्थापना गरिने। यसका लागि कोभिड–१९ का बेलाका […]

५ जेठ, काठमाडौं । बालेन शाहले म‌ंगलबार मन्त्रिपरिषद् बैठक बाेलाएका छन् । उक्त बैठक अपरान्ह ४ बजेलाई बाेलाईएकाे छ । साे बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]