१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

काे हुन् नेपालकाे मस्जिदमा लुकेर बसेका मुस्लिमहरु ?

Logo

काठमाडौं, वैशाख ८
तबलिगी जमात मुस्लिम समुदायहरुको एउटा समूह मात्र हो, सिङ्गो मुस्लिम समुदाय होइन। सिङ्गो समुदाय नै दोषी छैन र सम्पूर्ण मुस्लिम समुदायको आत्मसम्मानमा ठेस पुर्याउने अधिकार पनि कसैलाई छैन । “जमात” भनेको घर छोडेर हिड्ने नै हो, बौद्ध धर्मका भिक्षु जस्तै । यस्तो जमातमा हिडेको बेला यिनिहरु बस्ने मस्जिदमा नै हो ।

यो भिडियो पनि हेर्नुहोस् : नेपालको मस्जिदहरुमा के गर्दैछन् पाकिस्तान लगाएत अन्य मुलुकबाट आएका मुस्लिमहरु । खुलासा …….

धार्मिक कट्टरपनाले गर्दा वहाहरु आफै समस्यामा हुनुहुन्छ ।
सबैजना हामी मानिस नै हौ , सबैको रगत रातो नै हुन्छ
हामीले अलिकति नबुझेकामात्र हौ , किनकी सबै धर्मको आ(आफ्नै परम्परा हुन्छ । जमातीहरुले मुस्लिम समुदायलाई हामीलाई भन्दा बढि जोखिम थपेको छ त्यो कुरा वँहाहरुले नि बुझ्नु भएको छ जस्तो लाग्छ ।
त्यसैले संयमित बनौ, कोभिड १९ संग मिलेर लडौ । अनावश्यक हल्लाको पछि नलागौ, सांप्रदायिक विभेद र सम्पुर्ण मुस्लिमहरुलाई लज्जित बनाउने स्टाटस पोष्ट नगरौ । बरु यस्ता जमाती तथा मस्जिदमा रहेका गैर नेपाली तथा शंकास्पद संक्रमित खोज्न मुस्लिम साथीभाईहरुको मद्दत लिऔ ।

-भाईचारा_कायम_राखौ
-जिम्मेवार_बनाै
-contact_tracing_गराै
-घरमा_नै_बसाै
-सुरक्षित_रहौ
Copied
बेदराज पाैडेलकाे फेसबुकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]