२० कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

विराटनगरका डेढ सय गरिब परिवारलाई दैनिक निशुल्क खाना

Logo
प्रकाशित बिहिबार, बैशाख १८, २०७७

विराटनगर, वैशाख १७
विराटनगरको “शिव मन्दिर युवा समुह”ले करिव एक महिनादेखि नगरका गरिब तथा सुकुम्बासीलाई निःशुल्क भोजन विरतण गर्दै आएका छन् । अभियान्ता नारायण बराल, नवीन बिक्रम शाह, गणपत मित्रुका, बिनोद श्रेष्ठ र बिनय अग्रवालको अग्रसरतामा उक्त पारोपकारी कार्यको थालनी भएको हो ।


उक्त समुहले विराटनगरका १ सय ५० गरिब परिवारलाई दैनिक निशुल्क भोजन वितरण गर्दै आएका छन् । त्यसबाहेकपनि विराटनगरको नोबल तथा बिराट टिचिङ अस्पतालका ६ सय विरामी कुरुवालाई नियमित भोजन प्रादन गर्दै आएको अभियान्ता नारायण बरालले बताए ।
खानामा झाेल  तरकारी तथा फ्राई राईस दिनेको गरेको बताईएको छ । उक्त अभियान लकडाउन रहुन्जेल संचालन हुने बरालको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]