३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

जनस्तरबाटै लकडाउनको विरोध, जेठ २१ गतेबाट लकडाउन नटर्ने

Logo
प्रकाशित आइतबार, जेठ १८, २०७७

काठमाडौं, जेठ १८
जेठ ३२ गतेसम्म लकडाउन लम्बियाउने सरकारको निर्णयको व्यापक विरोध हुन थालेको छ । दुई महिनाभन्दा बढी लकडाउन हुँदापनि कारोना रोकथामका लागी सरकारले खासै प्रभावकारी कदम नचालेको भन्दै लकडाउन थप्ने निर्णयको जनस्तरबाटै विरोध हुन थालेको हो । हालसम्म गरिएको कोरोना परिक्षणको शंख्या समेत अत्याधिक न्युन भएको भन्दै, अब सरकारको भरोसा गर्न नसकिने आम जनताको धारणा छ ।
सरकारको निर्देशनको पालना गर्न नसकिने भन्दै मुलुकभरिबाट विभिन्न पेशा तथा क्षेत्रमा आवद्ध व्यक्ति तथा संघसंस्थाले जेठ २१ बाट लकडाउनको अवज्ञा गर्ने चेतावनी समेत दिईसकेका छन् । कतिपय संगठनहरुले संस्थागत निर्णयनै गरी जेठ २१ गतेबाट लकडाउन अवज्ञा गर्ने घोषणा गरिसकेका छन् । निजी विद्यायलहरुको छाता संगठन प्याबसनले जेठ २१ गतेबाट विद्यालय संचालनमा ल्याउने निर्णय समेत गरिसकेको छ । जेठ २१ गतेबाट विद्यालयको प्रशासनिक विभागहरु संचालन गरिने र त्यसलागतै कक्षाहरु समेत संचालानमा ल्याउने प्याबसनको तयारी छ ।

त्यस्तै, काठमाडौंका नँया बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्षले रामशरण गिरीले जेठ २१ गतेबाट नयाँ बानेश्वर तथा आसपासका क्षेत्रक व्यापारीलाई आआफ्नो पसल खोल्न अपिल गरेका छन् । लामो समय देखि भएको लकडाउनको कारण व्यापारीको व्ययभार अत्याधिक बढेको भन्दै अब पसल बन्द गर्न नसकिने गिरीको भनाई छ । “प्रधानमन्त्रीले लकडाउन भन्दिए पुग्छ, खेप्नु हामीले पर्छ” गिरी भन्छन् “नेतालाई बसी बसी खानलाई पुग्छ, हामीलाई पुग्दैन।  पसलको बाहल, अनेक थरीका कर, बैंकका बियाज, स्टाफ खर्च आदि पसल बन्द भएपछि कहाँबाट पुर्याउनु ?”
सरकरको लकडाउन लम्बियाउने निर्णयको विरुद्ध आम नागरिकहरु पनि अन्दोलनमा उत्रिन थालेका छन् । समाजिकसंजल मार्फत आमसर्वसाधरणहरु संगठित भई मुलुकका विभिन्न जिल्लाहरुमा सरकारविरुद्ध आन्दोलनमा गर्ने तयारी भईरहेको छ । आईतवार विराटनगरका युवा, उद्योगी, व्यपारी तथा आमसर्वसाधरणहरुले समेत सरकारविरुद्ध आन्दोलनमा उत्रने घोषणा गरिसकेका छन् ।
सरकारको ढिलासुस्ती, वेपर्वा प्रवृतिले गर्दा लकडाउन लम्बीरहेको जनताको बुझाई छ । सरकारले लकडाउनको मोडालिटि फेरीने बारम्बार भन्दै आएतापनि, हालसम्म सरकारको तर्फबाट वैकल्पीक कुनैपनि योजना नआएकोमा आम सार्वसाधरण आक्रोशित छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]

काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्। यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत […]