२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

नेपाली नाममा फर्म दर्ता गरी विराटनगरमा व्यापार गर्ने चिनियाँ नागरिक पक्राउ

Logo
जनचर्चा संवाददाता

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ।

विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार गरिरहेको पाइएको हो। सो फर्म सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–१ की राधिका बस्नेत कार्कीको नाममा दर्ता छ, तर वास्तविक सञ्चालन चिनियाँ नागरिकले नै गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख झाले जानकारी दिए।

अनुगमन टोलीले पसलमा बिक्रीका लागि राखिएका कस्मेटिक तथा घरायसी सामग्रीको खरिद बिल, खरिदको स्रोत र कारोबारसम्बन्धी कागजात माग गरेको छ। फर्मको दर्ता प्रकृति, राजस्वमा देखाइएको कारोबार र वास्तवमै व्यवसाय चलाउने व्यक्तिका बारेमा अध्ययन भइरहेको झाले बताए।

भिसाको सर्त उल्लंघन गरेको पुष्टि भएपछि प्रहरीले लि जोसिज्याकलाई नियन्त्रणमा लिएको छ। थप अनुसन्धानका लागि उनलाई अध्यागमन विभागमा पठाइने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले बताए।

विराटनगरमा नेपाली नागरिकको नाममा फर्म दर्ता गरी चिनियाँ नागरिकले व्यापार गरेको यो दोस्रो घटना हो। यसअघि सेन्ट्रल मलमा सञ्चालित ‘योनो मार्ट’मा पनि यस्तै अनियमितता फेला परेको थियो। त्यस क्रममा गत असोज ८ मा पसल चलाउँदै आएकी चिनियाँ नागरिक सीए जिङलानलाई प्रहरीले नियन्त्रणमा लिएर अध्यागमन विभागमा पठाएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]