१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नेपाली नाममा फर्म दर्ता गरी विराटनगरमा व्यापार गर्ने चिनियाँ नागरिक पक्राउ

Logo
जनचर्चा संवाददाता

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ।

विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार गरिरहेको पाइएको हो। सो फर्म सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–१ की राधिका बस्नेत कार्कीको नाममा दर्ता छ, तर वास्तविक सञ्चालन चिनियाँ नागरिकले नै गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख झाले जानकारी दिए।

अनुगमन टोलीले पसलमा बिक्रीका लागि राखिएका कस्मेटिक तथा घरायसी सामग्रीको खरिद बिल, खरिदको स्रोत र कारोबारसम्बन्धी कागजात माग गरेको छ। फर्मको दर्ता प्रकृति, राजस्वमा देखाइएको कारोबार र वास्तवमै व्यवसाय चलाउने व्यक्तिका बारेमा अध्ययन भइरहेको झाले बताए।

भिसाको सर्त उल्लंघन गरेको पुष्टि भएपछि प्रहरीले लि जोसिज्याकलाई नियन्त्रणमा लिएको छ। थप अनुसन्धानका लागि उनलाई अध्यागमन विभागमा पठाइने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले बताए।

विराटनगरमा नेपाली नागरिकको नाममा फर्म दर्ता गरी चिनियाँ नागरिकले व्यापार गरेको यो दोस्रो घटना हो। यसअघि सेन्ट्रल मलमा सञ्चालित ‘योनो मार्ट’मा पनि यस्तै अनियमितता फेला परेको थियो। त्यस क्रममा गत असोज ८ मा पसल चलाउँदै आएकी चिनियाँ नागरिक सीए जिङलानलाई प्रहरीले नियन्त्रणमा लिएर अध्यागमन विभागमा पठाएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]