२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

अमन हार्डवेयरद्धारा कराेडाै‌ंकाे करछली

Logo
प्रकाशित बुधबार, माघ ०७, २०७७

विराटनगर, माघ ७

विराटनगरमा संचालित अमन हार्डवेयरले कराेडौंको राजस्व छली गरेको खुलासा भएको छ । उक्त हार्डवेयरको संचालक राजेन्द्र अग्रवालले न्युन बिक्रि विवरण बुझाएर भ्याट र आयकर बापत तिनुपर्ने करोडौं रुपैयाँ छली गर्दै आएको स्रोतको दावी छ ।

अग्रवालले गत आर्थिक वर्षको पुष मसान्तसम्ममा १५ करोड मात्र कारोबार भएको फर्जी विवरण बुझाएका थिए । स्रोतका अनुसार अग्रवालले बुझाएको विवरण पुर्ण करोवारको आधा मात्र हो । अग्रवालले अधिकांश ग्राहकलाई भ्याट बिल नदिएर कारोबार लुकाउने गरेको स्रोतको दावी छ । गत आर्थिक वर्ष अग्रवालले भ्याट बापत डेढ करोड र आयकर बापत ७० लाख भन्दा बढी छली गरेको स्रोतले जानकारी दिएको छ । प्राप्त तथ्याङ्क अनुसार अमन हार्डवेयरका संचालक राजेन्द्र अग्रवालले गत आर्थिक वर्षमा मात्र २ करोडभन्दा बढीको राजस्व गपला गरेको देखिन्छ ।

राजस्व छलीको उस्ताद हुन् अग्रवाल

राजेन्द्र अग्रवालले राजस्व छली गरेको यो पहिलो पटक होइन, यस अघिको आर्थिक वर्षमा पनि अग्रावलले यसै गरी राज्यको कर छली गर्दै आएको स्रोत बताउँछ । अग्रवालद्धारा संचालित अमन हार्डवेयर २०५६ सालमै आन्तरिक राजस्व कार्यलय विराटनगरमा भ्याटमा दर्ता भएको थियो । करिब २० वर्षअघिबाटनै भ्याटमा दर्ता भई कराबार गर्दै आएको अग्रवाल राजस्व छल्न पोक्त भईसकेको स्रोत बताउँछ । यस २० वर्षको अन्तरालमा अग्रवालले राज्यको अर्बौ रुपैयाँ कर छली गरिसकेको स्रोतको ठम्याई छ ।

तत्काल छानविन आवश्यक

अग्रवालले कर छल्नकाे लागी अधिकांश काराेबारमा भ्याट  लुकाउने गरेकाे स्राेत बताउँछ । यस्तो अवस्थामा राज्यले तत्काल उक्त हार्डवेयरको अडिट रिर्पोट र स्टकबारे छानविन गर्नुपर्ने जानकारीहरुको भनाई छ । अमन हार्डवेयरको गोदाममा तत्काल शिलबन्दी गरी सम्पुर्ण कागजपत्र नियन्त्रणमा लिई छानविन गरे सत्यतथ्य बाहिर आउने जानकारीहरुले सुझाव समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]