१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

अमन हार्डवेयरद्धारा कराेडाै‌ंकाे करछली

Logo

विराटनगर, माघ ७

विराटनगरमा संचालित अमन हार्डवेयरले कराेडौंको राजस्व छली गरेको खुलासा भएको छ । उक्त हार्डवेयरको संचालक राजेन्द्र अग्रवालले न्युन बिक्रि विवरण बुझाएर भ्याट र आयकर बापत तिनुपर्ने करोडौं रुपैयाँ छली गर्दै आएको स्रोतको दावी छ ।

अग्रवालले गत आर्थिक वर्षको पुष मसान्तसम्ममा १५ करोड मात्र कारोबार भएको फर्जी विवरण बुझाएका थिए । स्रोतका अनुसार अग्रवालले बुझाएको विवरण पुर्ण करोवारको आधा मात्र हो । अग्रवालले अधिकांश ग्राहकलाई भ्याट बिल नदिएर कारोबार लुकाउने गरेको स्रोतको दावी छ । गत आर्थिक वर्ष अग्रवालले भ्याट बापत डेढ करोड र आयकर बापत ७० लाख भन्दा बढी छली गरेको स्रोतले जानकारी दिएको छ । प्राप्त तथ्याङ्क अनुसार अमन हार्डवेयरका संचालक राजेन्द्र अग्रवालले गत आर्थिक वर्षमा मात्र २ करोडभन्दा बढीको राजस्व गपला गरेको देखिन्छ ।

राजस्व छलीको उस्ताद हुन् अग्रवाल

राजेन्द्र अग्रवालले राजस्व छली गरेको यो पहिलो पटक होइन, यस अघिको आर्थिक वर्षमा पनि अग्रावलले यसै गरी राज्यको कर छली गर्दै आएको स्रोत बताउँछ । अग्रवालद्धारा संचालित अमन हार्डवेयर २०५६ सालमै आन्तरिक राजस्व कार्यलय विराटनगरमा भ्याटमा दर्ता भएको थियो । करिब २० वर्षअघिबाटनै भ्याटमा दर्ता भई कराबार गर्दै आएको अग्रवाल राजस्व छल्न पोक्त भईसकेको स्रोत बताउँछ । यस २० वर्षको अन्तरालमा अग्रवालले राज्यको अर्बौ रुपैयाँ कर छली गरिसकेको स्रोतको ठम्याई छ ।

तत्काल छानविन आवश्यक

अग्रवालले कर छल्नकाे लागी अधिकांश काराेबारमा भ्याट  लुकाउने गरेकाे स्राेत बताउँछ । यस्तो अवस्थामा राज्यले तत्काल उक्त हार्डवेयरको अडिट रिर्पोट र स्टकबारे छानविन गर्नुपर्ने जानकारीहरुको भनाई छ । अमन हार्डवेयरको गोदाममा तत्काल शिलबन्दी गरी सम्पुर्ण कागजपत्र नियन्त्रणमा लिई छानविन गरे सत्यतथ्य बाहिर आउने जानकारीहरुले सुझाव समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]