२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

गोयलद्धारा व्यापक कालोबजारी र करछली : लकडाउन बन्यो सुनौलो अवसर

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

विराटनगर, माघ १२
विराटनगरको एक व्यापारी घराना लकडाउनको बेला व्यापक राजस्व छलीमा संलग्न भएको पाईएको छ । विराटनगरका व्यापारी तीन दाजुभाई दिनदयाल गोयल, गणेश गोयल र हंशराज गोयल उक्त कार्यमा संलग्न भएको पाईएको हो ।
०७६ चैत्र ११ गतेबाट सरकारले लकडाउन लगाए सँगै प्राय व्यवसाय बन्द भए पनि खाद्यान्न र दैनिक उपभोग्य सामग्रीका उद्योग तथा व्यापार फस्टाए ।
खाद्यान्य, दलहन र गेडागुडीका साथै विभिन्न कम्पनीका खाद्यान्य वस्तुको कारोबारमा संलग्न गोयल दाजुभाईको लागी लोकडाउन सुनौलो अवसर बन्यो । सोही मौकाको फाईदा उठाउँदै गोयल दाजुभाईले क्यारिङको प्रयोग गरी भारतबाट भान्सार छलेर समान ल्याउनेदेखि, समानहरु अवैध तरिकाले भण्डारण गरेर महंगो मुल्यमा बेच्नसम्मको काम गरे ।
सोही गोरखधन्धा चलाउनको लागी जेठो दाई दिनदयालले दिप ट्रेडिङ, माईलो गणेशले तुलसी ट्रेडिङ र कान्छो भाई हशंराजले अमुलया ट्रेडर्स नाम गरेका र्फमहरुको प्रयोग गरेका थिए ।
यसरी गोरखधन्धा चलाएर लोकडाउनको समयमा करौडौं रुपैयाँको कारोबार गरेतापनि सोही अनुसारको विवरण राजस्व कार्यलयमा पेश नगरेको स्रोतले बताएको छ । गोयल दाजुभाईले राजस्व छल्नका लागी न्युन कारोबार भएको झुठो विवरण पेश गर्नुका साथै ठोस बिलको सट्टा इस्टिमेट बिलको प्रयोग गर्दै आएको स्रोत बताउँछ ।

हंशराज हुन् मास्टर डिजाईनर
गोयल तीन दाजुभाईमध्य कान्छो भाई हंशराज राजस्व छलीको मास्टर डिजाईनर भएको पाईएको छ । हंशराजकै प्लानिङमा विभिन्न फर्महरु दर्ता गरी राजस्व छलीको कामलाई अन्जाम दिएको स्रोतले बताएको छ ।
जेठो दाई दिनदयाल र माईलो दाई गणेशलाई काठमाडौं पठाई उत्तैबाट देशैभारी आफ्नो कालोबजरीको कामलाई हंशराजले फैलाईरहेको थिए । यता आफु भने विराटनगरमा वसी क्यारिङको प्रयोग गरी भन्सार छलेर समान ल्याउने, अवैध भण्डारण गर्ने देखि छलेको ट्याक्सलाई मिलाउने काम गर्दै आएका थिए ।
यसरी करौडौंको ट्याक्स छली गरेको पर्दाफास भईसक्दा समेत हंशराज गोयल चौडा छाती गरेर आफ्नो कसैले केहि बिगार्न नसक्ने चुनौती दिदै आएका छन् । आफ्नो पहुच माथिसम्म रहेको भन्दै हंसराजले आन्तरिक राजस्वको कार्यलय र पत्रकारहरु जगतलाई समेत ठाडो चुनौती दिदै आएको उनको निकटतमहरुले बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]