१९ जेठ २०८२, आइतबार
01-06-2025 , Sun
Gold Silver Price (9 JESTHA 2082, FRI)
Fine Gold 1 Tola NRs. 190400
Silver 1 Tola Nrs. 2020

“काठमाडौंलाई कुनै पनि हालतमा राजधानी बन्न दिनु हुदैन”

Logo
प्रकाशित बिहिबार, साउन २३, २०७६

काठमाडौं, श्रावण २३
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौंलाई प्रदेशको स्थायी राजधानी कुनै हालत बन्नदिनु नहुने बताएका छन् । काठमाडौंमा बिहीबार सञ्चारकर्मीसँगको बोल्दै मुख्यमन्त्री पौडेलले संघिय सरकारको छायाँमा प्रदेशको राजधानी बनाउने कुरा संघीयताको मर्म विपरीत हुने तर्क गरेका छन् ।
आफ्नो गृह–नगर हेटौंडा भएपनि प्रदेशको स्थायी राजधानी हेटौंडामै हुनुपर्छ भन्ने पक्षमा समेत आफू नरहेको उनले बताए । मुख्यमन्त्री पौडेलले भने ‘‘ नुवाकोट वा रामेछापमा स्थायी राजधानी बनाएपनि मलाई फरक पर्दैन तर संघको राजधानीमै प्रदेशको राजधानी बनाउदा प्रदेशको उपस्थित गौण हुन जान्छ, यसले संघीयताको मर्मलाई पनि आघात पु¥याउछ ।’’
अबको केही दिनभित्रै प्रदेशसभाले नाम र राजधानी टुगों लगाउने दावी गर्दै काठमाडौंलाई स्थायी राजधानी बनाउने कुरा व्यक्तिगत रुपमा अस्वृकार्य रहेको दलिल प्रस्तुत गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ १८ जेष्ठ / राजसंस्था र हिन्दुराष्ट्र स्थापनाका लागि राजसंस्थाहरू पक्षधरले आन्दोलन गर्न थालेको आज तीन दिन भएको छ। बिहीबार गणतन्त्र दिवसको अवसर पारेर आन्दोलन थालेका उनीहरूले तीन दिन तीन फरक ठाउँमा आन्दोलन गरे। बिहीबार रत्नपार्क (शान्तिबाटिका) क्षेत्रमा आन्दोलन गरेका थिए भने शुक्रबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म आन्दोलन गरे। आज शनिबार रन्तपार्कदेखि बालुवाटारसम्म र्‍याली गर्दै आन्दोलन गरेका […]

विराटनगर,१७ जेष्ठ । एलन मस्कको दाहिने आँखामा माथी कालो धब्बा देखेपछि गरिएका विभिन्न अड्कलबाजी फेल भएका छन् । यसको खुलासा उनी आफैले गरेका छन् । पत्रकारहरुको जिज्ञासामा उनले पाँच वर्षीय छोरा एक्स एश एट्वेल्भले मुक्का प्रहार गर्दा भएको हुनसक्ने भनेर बताएका छन्। म एक्ससँग खेल्दै थिएँ। मैले उनलाई मेरो अनुहारमा मुक्का हान भनेपछि उसले मुक्का […]

विराटनगर १७ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतले जानकारी दिनुभयो । नेपालबाट प्रति बर्ष करिब ५ लाख […]