३० माघ २०८२, बिहिबार
12-02-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नेपालबाट भारततर्फ पेट्रोलीयम पदार्थको तस्करी

Logo

विराटनगर , फागुन १४
नेपालको विभिन्न सिमानाकाबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी हुने क्रम बढेको छ । नेपालभन्दा भारतमा पेट्रोलीयम पदार्थको मुल्य बढी भएका कारण नेपालबाट हुने तस्करीले प्रोत्सान पाएको हो । दुई देशबिच इन्धनको मूल्यमा ठूलो अन्तर रहेकाले नेपालको सीमाक्षेत्रमा बसोबास गर्ने धेरै जसो स्थानियहरुले इन्धन तस्करीलाई नै मूल पेशा बनाएका छन् ।
नेपालमा भन्दा भारतमा पेट्रोलको मूल्यमा ३५ रूपैयाँ २९ पैसा महंगो छ भने डिजेलको पनि प्रति लिटर ४१ रूपैयाँ ४३ पैसाको फरक छ । खुल्ला सिमानाका कारण तस्करी गर्न सहज भएका कारण पनी नेपाल आयल निगम र स्थानीय प्रशासनले तस्करी नियन्त्रण गर्न नसकेको हो ।
अर्को तर्फ मालसामान लिएर नेपाल आउने मालवाहक गाडीले पनि नेपालमै इन्धन भरेर जाने गरेका छन् । नेपाल आयल निगमले भारतीय गाडीलाई प्रति गाडी सय लिटर भन्दा बढी पेट्रोलीयम पदार्थ नदिने निर्देशन गरेको छ । तर सीमा छेउका पम्पहरुले भारतीय गाडीलाई नेपालमै फूल टंकी गरेर जान दिने गरेका छन् ।

तस्करी गरी लगेको तेल भारतका पम्पले बेच्ने भन्दा प्रति लिटर १० रूपैयाँ सस्तोमा भारतमा बिक्री हुने गरेको छ ।

तस्करीको विषयमा भारितय मिडियाहरुले समेत बारम्बार समाचारहरु लेखिरहेता पनि नेपल–भारत दुवै देशका संयन्त्रहरुले ईन्धन तस्करीलाई रोक्न सकेको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ । ‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना […]

विराटनगर, पुष १३ । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो ।   छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र […]