१९ भाद्र २०८२, बिहिबार
04-09-2025 , Thu
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

राजस्व चुहावट गर्ने विराटनगरका राठी सहित तिन जना विरुद्ध मुद्दा

Logo
प्रकाशित बिहिबार, फाल्गुण २०, २०७७

विराटनगर २० फागुन
राजस्व अनुसन्धान विभागले बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिल प्रालिका मुख्य कारोबारी सुरेशकुमार राठीसहित तीन जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको छ ।

विभागले बाबा फ्लोर मिल्स प्रालिकै सञ्चालक सुमन राठी र कम्पनीका मेनेजर गिरधारीलाल अग्रवाल र सुरेश विरुद्ध राजस्व चुहावटको मुद्दा लगाएको हो ।
उनीहरु विरुद्ध १५ करोड ३६ लाख ६३ हजार ६ सय ७२ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबी गरी पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

मिलका सञ्चालकद्वय राठीसहित कम्पनीका मेनेजर गिरधारीलाल अग्रवालले वास्तविक बिक्री–आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेतको राजस्व चुहावटको कसुर गरेको साथै भीसीटीएस समेतको पालना नगरेको देखिएको विभागद्वारा दायर अभियोग पत्रमा उल्लेख छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]

काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्। यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत […]

सम्पुर्ण तस्वीरहरु अन्त्यमा समावेश गरिएकाे छ । विराटनगर, असार २० – गत असार ५ गते विराटनगरको महेन्द्रचोकमा उद्घाटन भएको बिरयानी अड्डाले मात्र दुई हप्तामै स्थानीयवासीको मन जित्न सफल भएको छ। काठमाडौंको चर्चित फ्रान्चाइज रेष्टुरेन्टको रुपमा खुलेकाे यो छैठौं शाखाले केही दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ। संचालिका मोनिका झाका अनुसार यस रेष्टुरेन्टमा दिनहुँ ग्राहकको संख्या […]