१२ मंसिर २०८२, बिहिबार
27-11-2025 , Thu
Gold Silver Price (4 Mansir 2082, Thurs)
Fine Gold 1 Tola NRs. 243500
Silver 1 Tola Nrs. 3200

मौदृक नितिको प्रभावकारी कार्यान्वयनले निजि क्षेत्र तग्रियो : गभर्नर अधिकारी

Logo
प्रकाशित शनिबार, फाल्गुण २९, २०७७

विराटनगर २८ फागुन ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैकले ल्याएको मौदृक नितिलाई निजि क्षेत्रले आत्मासाथ गरिदिएको कारण महामारी लगतै आर्थिक क्षेत्र सुधार आएको बताएका छन् ।
उद्योग संगठन मोरङको ४८ औ वार्षिक साधारण सभालाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै उनले कोभिड १९ पछि आपसी सहयोगको कारण चाडै आर्थिक सुधार सम्भव भएको बताएका हुन।
कोभिड १९ महामारीको कारण निम्तिएको लकडाउनको समयमा कसरी ऋण तिर्ने,कसरी किस्ता बुझाउने भन्दै आत्माहत्या गर्ने भन्ने सम्मका एसएमएस आउने गरेको उनले बताए । ‘भएको सबै सम्पति बैंकमा छ । मत आत्माहत्या पो गर्नु पर्छ क्या हो भन्ने सम्मका एसएमएस आउने गर्थेे,’–उनले भने ।
महामारीको अवस्थामा मौदृक निति बनाउन निक्कै चुनौति रहेको अवस्थामा निजि क्षेत्रले सहयोग गरेको गभर्नर अधिकारीले बताए । निति बनाउन मात्र नभएर त्यसको कार्यान्वयनमा पनि निजि क्षेत्रको महत्व पूर्ण भूमिका रहेको उनले सुनाए । निजि क्षेत्रले प्रसंसा गरेको मौदृक नितिलाई कार्यान्वयनमा सहयोग गरेर प्रभावकारी बनाई दिएको उनले जिकिर गरे ।
मौदृक नितिले व्यवसायीलाई थप कर्जा १०,२० प्रतिसत र एडिसनल समेत दिएको कारणले व्यवसायीलाई व्यवसाय अगाडी बढाउन सहयोग पुगेको उनले बताए । ‘नेपाल सरकारले गर्न सक्ने सम्मको सबै सहयोग गरेको हो,’ उनले भने ‘ नजि क्षेत्रले पनि त्यसको भरपुर प्रयोग गरेर त्यसलाई सफल बनाई दियो ।’
कार्यक्रममा प्रधानमन्त्रि केपि शर्मा ओलीका आर्थिक सल्लाहकार मोति दुगडले उद्योगीलाई प्रोत्साहित गर्ने भने पनि सरकारी निकायमा त्यस्तो व्यवहार पाउन नसक्ने गरेको जिकिर गरे । उनले उद्योगी,व्यापारीलाई अझै पनि दुई नम्बरी ,चोर र फटाहको रुपमा हेर्ने गरेकोमा दुख व्यक्त गरे । उनले सबै भन्दा बढी देशको समृद्धिमा सहयोग गर्ने क्षेत्रलाई सम्मान गरिनु पर्ने बताए ।
नेपाल उद्योग बाणीज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड १९ पछि नेपालको अर्थतन्त्रमा धेरै सुधार आएको बताए । उनले केहि क्षेत्रबाहेक अधिकांस क्षेत्र अर्थिक रुपमा तङग्री सकेको उनले बताए । कोभिड पछि निजि क्षेत्रको आर्थिक गतिविधिमा सुधार आउनुमा नेपाल राष्ट्र बैंकले लिएको मौदृक निति कारण रहेको उनले जिकिर गरे । देशको समृद्धिको लागी भिजन पेपर बनाएर सरकार सँग सहकार्य गरेर अगाडी बढने तयारी भइरहेको उनले जानकारी दिए । कार्यक्रममा अध्यक्ष गोल्छाले निजिक्षेत्र एउटै सोचको साथ अगाडी बढनु पर्ने आजको आवश्यकता रहेको जिकिर गरे ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोहर,नेपाल च्याम्बरस अफ कमर्सका राजेन्द्र मल्ल,विराटनगर महानगरपालीकाका मेयर भिम पराजुली,मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले कार्यक्रममा सम्बोधन गरेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर महत्व पुर्ण योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं , १० मंसिर/ नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम अगाडि बढेको छ। मंसिर २७–२९ गते काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न अधिकांश जिल्लाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। […]

विराटनगर, मंसिर ५ ।  चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट नतिजाका साथ नाम निकाल्न सफल भएका आफ्ना विद्यार्थीहरूलाई विराटनगरको कान्तिपुर कलेजले सम्मान गरेको छ। विराटनगर महानगरपालिका–१० मा अवस्थित कलेजले शुक्रबार एक विशेष कार्यक्रम आयाेजना गरी एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल तीन विद्यार्थी सहित वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने ४३ विद्यार्थीहरूलाई सम्मान गरेको […]

काठमाडौं,४ मंसिर । जेनजी आन्दोलनपछि फागुन २१ गतेका लागि तोकिएको चुनावी प्रयोजनका लागि निर्वाचन आयोगमा ३६ वटा दल दर्ता हुने भएका छन्। आयोगले कात्तिक मसान्तसम्मको अवधि दिएर दल दर्ताका लागि समय दिएको थियो। दर्ता अवधिमा आयोगमा ३६ वटा दलले दर्ताका लागि निवेदन दिएका छन्। जसमा सातवटा दर्ता भएर प्रमाणपत्र प्राप्त गरेका छन् भने २९ वटा दलले दर्ताका […]