१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विवादित कम्पनीमा रंगेलीका मेयर बगडियाको गोप्य लगानी

Logo

काठमाडाैं, फागुन २९
रंगेलीका मेयर दिलिप बगडियाले विभिन्न व्यवसायमा अदृश्य लगानी गर्ने गरेको खुलासा भएको छ । पछिल्लो समय राजस्व छलीको विवादमा तानिएको विराटनगरको रोयल मार्बलमा समेत बगडियाको ठुलो लगानी रहेको पाईएको छ ।
विराटनगरको कंचनवारीमा संचालनमा रहेका रोेयल मार्बल प्रा.लि. नेपालकै एक ठुलो मार्बल–टाईल आयत तथा बिक्रि विरतण गर्ने कम्पनीको रुपमा चिनिन्छ । सो कम्पनी आधिकारिक रुपमा दिलिप तायल, राजेश कुमार अग्रवाल र अमित सिघंलको नामा दर्ता छ । तर रंगेलीका मेयर बगडियाको पनि उक्त कम्पनीमा ठुलो हिस्सा रहेको खुलासा भएको छ ।
मेयर बेगडियाको मोरङमा एक ठुलो ईट्टा उद्योग समेत छ । उनले आनन्द ब्राण्डका ईट्टा उत्पादन गर्दै आएका छन् । रोयल मार्बल, आनन्द ईट्टा बाहेक पनि एक दर्जन बढी व्यवसायीक फर्म तथा करखानाहरुमा बगडियाको गोप्य लगानी भएको खुल्न भएको छ । सो विषयको जानकारी जनचार्चा डटकमलाई आदान्द ईट्टा उद्योगकै एक कर्मचारीबाट प्राप्त भएको छ ।
जनचर्चा डटकमले केही समयअघि रोयल मार्बलमा भईरहेको राजस्व छलीको बारे समाचार सम्प्रेण गरेको थियो । सोही समाचारको नितन्तरतालाई रोक्न बगडियाले आफ्नो हनुमानलाई प्रयोग गरे । आनन्द ईट्टा उद्योगमा समेत उच्च अहोदा ग्रहण गरेर बसेका ति हनुमानले पहिला जनचर्चा डट कमका प्रतिनिधिलाई फकाउन प्रयास गरे । फकाएर पार लाग्लाजस्तो नलागेपछि हनुमानले शक्तिको ध्वाँस देखाउदै उक्त कम्पनीमा मेयर वगाडियाको लगनी रहेको भन्दै दवाव सिर्जना गर्न कोशिश गेर ।
लहरो तन्दा पहारो खुस्किएझैं हनुमानले दिएको सानो संकेतले मेयर बगडियाको थुप्रै पोल खुल्न पुग्यो । हुनमानले दिएको संकतलाई पंछ्याउदै जाँदा मेयर बगडियाको लुकेका थुप्रै कुराहरु बाहिर आए ।
मेयर बगाडियाले सरकारी बजेटबाट कुनैपनि समान खरिद गर्नुपरे उनले आफ्नो गोप्य लागनी भएको कम्पनी तथा फर्महरुलाई प्राथमिकता दिने गरेको स्रोतले बताएको छ । त्यस्ता फर्महरुमा प्रत्यक्ष संलग्नता देखिए अरुले विरोध गर्न सक्ने बुझेरै उनले अदृश्य लगानीलाई प्रोत्सय दिदै आएका छन् ।
त्यति मात्र नभएर बगडियाले आफ्नो कालो धन सेटलमेन्ट गर्नको लागी समेत विभिन्न क्षेत्रमा अदृश्य लागानी लगाउने गरेको स्रोतले बताएको छ । छट्टु व्यापार निती तथा राजनितिक पहुचका कारण अकुत कोला–सेतो दुवै प्रकारको धन आर्जन गर्न सफल मेयर बगडियालाई अहिले स्रोत नखुलेको पैशालाई कँहा थन्काउने त्यो चिन्ता छ । सोही कारण उनले अन्धुन्ध जतातेतै अदृश्य लागनी गरीरहेको स्रोत बताउँछ ।
अब यस्ता, जनप्रतिनिधिको रुपमा व्यापार गर्न बसेका छट्टु व्यापारीलाई कसले तह लगाउने होला ? के राज्यको संयन्त्रहरुले सरकारमै भएकालाई छानवीन तथा कारवाही गर्न सक्ला ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]