१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

प्याकुरेल उद्योग संगठनमा सर्वसम्मत

Logo
प्रकाशित आइतबार, चैत्र ०१, २०७७

विराटनगर ,चैत्र १
उद्योग संगठन मोरङको अध्यक्षमा सुयष प्याकुरेल सर्वसम्मत निर्वाचित भएका छन् । प्याकुरेल उद्योग संगठन मोरंङको ४८ औं बार्षिक साधारण सभापछि भएको निर्वाचन प्रक्रियामा सर्वसम्मत रुपले अध्यक्षमा निर्वाचित भएका हुन ।
उक्त निर्वाचनबाट बरिष्ट उपाध्यक्षमा प्रदिप मुरारका, उपाध्यक्षहरुमा राजकुमार गोल्छा, नन्दकिशोर राठी, भोलेश्वर दुलाल र कोषाध्यक्ष बिपीन कावरा निर्वाचित भएका छन् ।
यसैगरी संगठनको कार्यकारीणी सदस्यहरुमा सुरेन्द्र गोल्छा, तारानाथ निरौला, ईन्द्र खत्री ,पारश लुनियां, सुनील कुमार धनावत, सुवोध कोइराला, सुदिप घिमिरे, सौरभ सारडा निर्वाचित भएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]