१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

चैत्र ५ बाट विराटनगरमा जुत्ता मेला

Logo

विराटनगर ,चैत्र ३ 
विराटनगरमा चैत्र ५ गतेबाट विराट फुटवेयर बिजनेस एक्स्पो हुने भएको छ ।
फुटवेयर म्यानुफ्याक्चर्सले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी एक्सपो आयोजना गर्न लागेको जानकारी गराएको हो । आयाजकले एक्सपोमा नेपालका विभिन्न १५ वटा ब्रण्डका जुत्ताचप्पल राखिने जनाएको छ ।
वैशाख ५ गतेसम्म फुटवेयर एक्सपो हुने आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले जानकारी दिए । मेलामा ५ हजार बढी मोडलका २ लाख ५० हजार जोर जुत्ताचप्पलको राखिने उनले जानकारी दिए । मेलमा ६० वटा स्टल राखिने उपाध्यायले जानकारी दिए ।
एक्पोमा बेस ग्लोवल प्रालि, शिखर सुज इण्डष्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, नियासा सुज इण्डष्ट्रिज, रोयल फुटवेयर इण्डष्ट्रिज, शुभकामना फुटवेयर प्रोडक्ट, पवित्रा सुज इण्डष्ट्रिज, रन सुज इण्डष्ट्रिज, स्मार्ट सुज इण्डष्ट्रिज, जय श्री पियु टेक र सुरवी पोलमर्स कम्पनीलगायतको उत्पादन रहने छन् ।
मेलमा १ सय देखि १० हजारसम्मका जुत्ताचप्पल १० देखि ५० प्रतिशतसम्म छुटमा विक्री गरिने उनले बताए । मेला अवधिमा करिब २ करोडको कारोवार हुने अपेक्षा रहेको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]