२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

फुटवयर मेला विराटनगरमा सुरु

Logo

विराटनगर चैत्र ६

कोभिड १९ पछि लयमा फर्कन प्रयासरत आर्थिक क्षेत्रलाई सहयोग पुग्ने गरि विराटनगरमा जुत्ता चप्पल मेला सुरु भएको छ ।

नेपाली उद्योगले उत्पदन गरेका जुत्ता चप्पलको प्रवद्धन हुने गरि विगत तिन वर्ष देखि संचालन हुदै आएको मेलालाई यस पटक पनि निरन्तरता दिएको हो । नेपाली उत्पादनसँग नेपाली उपभोक्तालाई मेलाले प्रत्यक्ष जोडने आयोजकको भनाई छ ।

नेपालमा फस्टाउदो उद्योग :व्यवसयाको रुपमा आएको जुत्ताचप्प मेलाले उपभोक्ता सँग जोडीन प्रभावकारी हुने मेलाका संयोजक होमनाथ उपाध्यायले बताए । गुणस्तरहिन विदेशि फुटवयरको विगविगी भएकोले नेपाली उत्पादन चिनाउन पनि मेलाको आयोजना गरिएको उपाध्यायले बताए ।

विदेशबाट कमसल र न्यून विजिकरण भएर आउने जुत्ताचप्पल नेपालको गुणस्तरीय उत्पादनलाई प्रतिस्प्रधा गर्न कठीन हुने उद्योगीहरुको भनाई छ । नेपालमा हाल सान,मझौला र ठूला गरेर १५ सय जुत्ताचप्पल उद्योग संचालनमा रहेका छन् । नेपालको जुत्ताचप्पल उद्योगमा १७ अर्वको लागानी रहेको फुटवयर एसोसिएसनले जनाएको छ । वर्षीक रुपमा ५ करोड जोर जुत्ताचप्पल उत्पादन गरेर बजारमा पठाउने गरेको मेलाका संयोजक होमनाथ उपाध्याययले जानकारी दिए । वार्षीक कारोवार ३२ अर्व रहेको फुटवयर उद्योगले ५५ हजारलाई प्रत्यक्ष रोजगारी दिएको उपाध्यायले बताए ।

एक नेपालीले वर्षीक तिन जोर जुत्ताचप्पल प्रयोग गर्ने भएकोले नेपालमा ९ करोड जोर जुत्ताचप्पलको माग रहेको फुटवयर एसोसिएसनको अनुमान रहेको छ । नेपालमा फुटवयर खपतको ६३ प्रतिशत नेपाली उत्पादनले धानेको फुटवयर एसोसिएसनका उपाध्यक्ष नानिराज घिमिरेले बताए । भारतबाट हुने चोरी पैठारीले कठीन भएको बताएका उनले यस्ता मेलाले उत्पादक र उपभोक्तालाई प्रत्यक्ष जोडन सहयोग पुग्ने सुनाए ।

विगत तिन वर्ष देखि विराटनगरमा संचालन हुदै आएको जुत्ताचप्पल मेला यसपटक विराट फुटवयर एक्सपोको नामबाट विहिबार देखि सुरु भएको हो । बैशाख ५ गते सम्म संचालन हुने मेलामा १२ वटा कम्पनीका २० वटा ब्राण्डका जुत्ता चप्पल रहने आयोजकले जनाएको छ । मेलामा विभिन्न मोडलका ५ हजार जोर जुत्ताचप्पल रहने आयोजकले जनाएको छ । मेलामा २ लाख ५० हजार जोर फुटवयर बेचने आयोजकको लक्ष्य रहेको छ ।

मेलामा सय रुपैयाँ देखि १० हजार सम्मका फुटवयर रहने संयोजक उपाध्यायले जानकारी गराए । मेलामा उपभोक्ताले १० देखि ५० प्रतिशत सम्म छुट पाउन सक्ने उनले बताए । मेला अवलोकनको लागी दैनिक २० हजार भन्दा बढी उपभोक्ताले आउने आयोजकको अपेक्षा रहेका ेछ ।

व्यापार मेलाको शुभारम्भ गरेका विराटनगर महानगरपालीकाका मेयर भिम पराजुलीले उपभोक्ताको चाहना अनुसारका उत्पादन गरेर विदेशी उत्पादन सँग प्रतिस्प्रधा गर्न सके मात्र नेपाली उत्पादन दिगो हुने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]