१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

नाबालिगलाई करणी गरेको आरोपमा भोक्राहा गाउँपलिकाका अध्यक्ष पक्राउ

Logo

ईटहरी, वैशाख ९
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवविरुद्ध नाबालिगलाई करणी गरेको उजुर परेको छ ।

बुधवार राति करणीमा परेको भनीएकी १७ वर्षिय बालिकाको आमाले ईलाका प्रहरी कार्यालय धरानमा जाहिरी दिएकी थिइन् ।

जाहिरी परेसँगै धरान ४ स्थित डुकु होटल एण्ड लजबाट बुधवार साँझ अध्यक्ष यादव पक्राउ परेका थिए । होटलमा यादवको साथमा ति बालिकासमेत फेला परेकाे प्रहरी स्रोतको भनाई छ । अध्यक्ष यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यलय धरानका उप निरिक्षक ज्ञानेन्द्र बस्नेतले जनचर्चा डट कमलाई जानकारी दिएका छन् ।

पिडित बालिकाको घर ईटहरी भएको बुझिएको छ । अध्यक्ष यादवले बालिकालाई जागिर लगाईदिने प्रलोभनमा पारेको समेत खुल्न आएको छ । बुधबार साँझ अध्यक्ष यादव ईटहरी नै आएर बालिकालाई गाडिमा हालेर लिई गएको उजुरमा उल्लेख छ । कहाँ लागेको भनेर सोधखोज गर्दा जागिर बारे कुराकानी गर्नुपर्ने भन्दै बालिकालाई लिएर बेपत्ता भएको बिलिकाको आमाको भनाई छ ।

यस विषयमा खबरदारी जारी रहने छ : जनचर्चा डट कम

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]