०१ आश्विन २०८२, बुधबार
17-09-2025 , Wed
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

पेट्रोल र ग्यासको मुल्यवृद्धिको विरोधमा विराटनगरमा प्रदर्शन

Logo
प्रकाशित शनिबार, कार्तिक २७, २०७८

विराटनगर, कार्तिक २७

पेट्रोलियम पदार्थ र ग्यासमा मूल्यबृद्धिका गरिएको विरुद्ध विराटनगरमा विरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले शुक्रबार सडकमा सिलिण्डर गुड्काएर मूल्यबृद्धिको विरोध गरेका थिए ।
विरोध कार्यक्रममा संगठनका उपमहासचिव भाष्कर खनालले जनतालाई महंगीको चपेटामा पारेर, सरकारले आफुखुशी गर्ने नपाउने धारण व्यक्त गरेका थिए । उनले मुल्यवृद्धि फिर्ता नलिएर ठुलो जनसागर सडक आनदोलनमा उत्रिने चेतावनी समेत दिए ।
विरोधमा उत्रिएको अनेरास्ववियूका विद्यार्थिहरुले सरकार नागरिकप्रति गैर जिम्मेवार भएको भन्दा नारबाजी समेत गरेका थिए । अनेरास्ववियूका मोरङका अध्यक्ष सन्तोष घिमिरेले सरकारले मुल्यघटौति नगरेसम्म विरोधका कार्यक्रमहरु जरी राख्ने उद्घोष समेत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]