२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पेट्रोल र ग्यासको मुल्यवृद्धिको विरोधमा विराटनगरमा प्रदर्शन

Logo

विराटनगर, कार्तिक २७

पेट्रोलियम पदार्थ र ग्यासमा मूल्यबृद्धिका गरिएको विरुद्ध विराटनगरमा विरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले शुक्रबार सडकमा सिलिण्डर गुड्काएर मूल्यबृद्धिको विरोध गरेका थिए ।
विरोध कार्यक्रममा संगठनका उपमहासचिव भाष्कर खनालले जनतालाई महंगीको चपेटामा पारेर, सरकारले आफुखुशी गर्ने नपाउने धारण व्यक्त गरेका थिए । उनले मुल्यवृद्धि फिर्ता नलिएर ठुलो जनसागर सडक आनदोलनमा उत्रिने चेतावनी समेत दिए ।
विरोधमा उत्रिएको अनेरास्ववियूका विद्यार्थिहरुले सरकार नागरिकप्रति गैर जिम्मेवार भएको भन्दा नारबाजी समेत गरेका थिए । अनेरास्ववियूका मोरङका अध्यक्ष सन्तोष घिमिरेले सरकारले मुल्यघटौति नगरेसम्म विरोधका कार्यक्रमहरु जरी राख्ने उद्घोष समेत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]