२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

तस्करको हिम्मत !

प्रहरी कार्यलयमै पुगेर दिन खोज्दै थिए घुस
Logo

वीरगञ्ज, श्रावण ३०

तस्करीको लाईन खुलाइदिन भन्दै प्रहरी चौकीमै आएर घुस दिने खोज्ने एक तस्करलाई प्रहरीले पक्राउ गरेको छ । घुस दिने खोज्ने वीरगञ्ज महानगरपालिका २२ का ३५ वर्षीय उपेन्द्रप्रसाद यादव रहेको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार बेलुका जीतपुर–सिमरा उपमहानगरपालिका स्थित ईलाका प्रहरी कार्यालय जीतपुर पुगेर तस्करको लाइन खुलाइदिनु प¥यो भन्दै आइपुगेका यादवलाई नियन्त्रणमा लिइएको प्रहरीलाई जनाएको छ ।
अवैध रुपमा भारतबाट कुखुरा ल्याई नेपालका विभिन्न ठाउँमा ओसार पसार गर्ने काममा चेकजाँच तथा रोकछेक नगर्न भन्दै यादवले पैशा दिन खाजेको प्रहरीको भनाई छ । पाइन्टको गोजीबाट पैसा निकालेर दिन खोजेपछि उनलाई रकम सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीलाई दिन खोजेको १० हजार रुपैयाँ सहित यादवलाई नियन्त्रण लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]