०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरका मेयर पराजुली सहित चार जना सम्मानित

Logo

विराटनगर, २५ चैत्र 
आदर्श उपभोक्ता संरक्षण समिति विराटनगरले विराटनगर महानगरका मेयर भीम पराजुली सहित चार जनालाई सम्मान गरेको छ । उपभोक्ता संरक्षण समितिको २३ औं साधारण सभाका अवसरमा समाजमा उल्लेखनीय योगदान दिने ब्यक्तिहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा विराटनगर महानगर वडा नं.३ का वडाध्यक्ष बिनोद बस्नेत,पान्चाली मन्दिर विराटनगरका पिठाधिस अच्युत प्रपन्नाचार्य ,नेपाल मेडिकल कलेज काठमान्डौकी स्वास्थ्यकर्मी उषा कार्की रहेका छन् ।

मेयर भीम पराजुली र वडाध्यक्ष विनोद बस्नेतलाई आदर्श नागरिक सम्मान प्रदान गरिएको छ । स्वास्थ्य क्षेत्रको मृगौला डायलसिस सेवामा ३० वर्ष भन्दा लामो समय काम गरेको भन्दै स्वास्थ्यकर्मी उषा कार्कीलाई सम्मान गरिएको हो । यतै सडक ,पेटीमा अलपत्र अवस्थामा रहेका गौं संरक्षण गरेकोमा पाञ्चाली मन्दिरका पिठाधिस अच्युत प्रपन्नाचार्यलाई सम्मान गरिएको हो ।

उपभोक्ता संरक्षण समिति अध्यक्ष मीना जोशीको अध्यक्षतामा भएको कार्यक्रममा पुनरावेदन अदालतका पूर्व न्यायाधिस भिमेन्द्र बहादुर कार्की,समाजसेवी रामबाबु दाहाल,कांग्रेस नेतृ इन्दु सुवेदी लगायतको सहभागिता रहेको थियो । यसै गरी कार्यक्रममा रेखबहादु भट्टराईद्धारा लिखित पुस्तक जीवनपथको मेयर भीम पराजुलीले विमोचन गरेका थिए भने पुस्तकको समिक्षा दिनेश सुवेदीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]