११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

सिपाही बने जनप्रतिनिधि

Logo

सुमन बस्नेत
विराटनगर, जेठ ५
सशस्त्र प्रहरी बलको सेवा छोडी राजनितीमा होमिएका युजन बस्नेत थुलुङ दुधकोशी गाँउपालिका २ को वडा अध्यक्षमा निर्वाचित भएका छन् । २०७० साल ५ महिना ३ गते सशस्त्र प्रहरी बलको प्रहरी जवानमा भर्ना भएका बस्नेतले ३ बर्ष नपुगदै जागिर छोडी राजनिती मार्फत जनताको प्रत्यक्ष सेवा गर्ने निर्णय गरे ।

जागिरको सिलसिलामा बिभिन्न ठाउँ खटिनु पर्ने भएकाले आफनो गाउँ ठाउँमा भने खासै योगदान पुर‌्याउन नसकेको उनलाई मनमा पिडा थियो । सोही कारण उनले प्रहरीको जागिर छोडी २०७४ को स्थानीय चुनाव देखि नै गाँउमै बसी राजनिती गर्न सुरु गरे ।

यसपटकको स्थानीय चुनाबमा उनी माओवादी केन्द्रबाट वडाअध्यक्ष मा उठे र जिते । निर्वाचन परिणाम अनुसार उनले ४ सय ८९ मत ल्याई वडा अध्यक्षमा विजय भएँ । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका कान्तीराज थुलुङ ४ सय ३३ मत ल्याए । त्यसैगरी तेस्राेमा नेकपा एमालेका उदय नारायण बस्नेतले १ सय ५५ मत ल्याए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दिनेश खड्का, विराटनगर पर्यटन भनेपछि सामान्यतया हामी पहाड, हिमाल, ताल वा सांस्कृतिक सम्पदाको मात्र कल्पना गर्छौं, तर विश्वभरि नै “खाद्य पर्यटन” (Food/Culinary Tourism) एक छुट्टै र फस्टाउँदो पर्यटकीय आकर्षणको रूपमा स्थापित भइसकेको छ। कोशी प्रदेश नेपालको पूर्वी भागमा अवस्थित भौगोलिक रूपमै अत्यन्त विविधतापूर्ण प्रदेश हो। तराईको समथर भूभागबाट सुरु भएर पहाड हुँदै हिमाली शिखरसम्म फैलिएको […]

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]