१३ माघ २०८२, सोमबार
26-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

सिपाही बने जनप्रतिनिधि

Logo

सुमन बस्नेत
विराटनगर, जेठ ५
सशस्त्र प्रहरी बलको सेवा छोडी राजनितीमा होमिएका युजन बस्नेत थुलुङ दुधकोशी गाँउपालिका २ को वडा अध्यक्षमा निर्वाचित भएका छन् । २०७० साल ५ महिना ३ गते सशस्त्र प्रहरी बलको प्रहरी जवानमा भर्ना भएका बस्नेतले ३ बर्ष नपुगदै जागिर छोडी राजनिती मार्फत जनताको प्रत्यक्ष सेवा गर्ने निर्णय गरे ।

जागिरको सिलसिलामा बिभिन्न ठाउँ खटिनु पर्ने भएकाले आफनो गाउँ ठाउँमा भने खासै योगदान पुर‌्याउन नसकेको उनलाई मनमा पिडा थियो । सोही कारण उनले प्रहरीको जागिर छोडी २०७४ को स्थानीय चुनाव देखि नै गाँउमै बसी राजनिती गर्न सुरु गरे ।

यसपटकको स्थानीय चुनाबमा उनी माओवादी केन्द्रबाट वडाअध्यक्ष मा उठे र जिते । निर्वाचन परिणाम अनुसार उनले ४ सय ८९ मत ल्याई वडा अध्यक्षमा विजय भएँ । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका कान्तीराज थुलुङ ४ सय ३३ मत ल्याए । त्यसैगरी तेस्राेमा नेकपा एमालेका उदय नारायण बस्नेतले १ सय ५५ मत ल्याए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]