२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

उद्योगी गिरेन्द्रको धोकाधडीले सागरको मत खस्कियो

Logo
प्रकाशित शनिबार, जेठ ०७, २०७९

निरज बस्नेत
विराटनगर, जेठ ७
बिराटनगर महानगरपालिकाको अन्तिम मतपरिणाम आईसकेको छ । नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोईराला ३० हजार १ सय ७० मतका साथ विजयी भएका छन् । एमालेबाट मेयरकै प्रत्यासी सागर थापाले २१ हजार ४ सय ५५ मत मात्र ल्याउन सके ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोईरालाको चट्टानी अडानले मेयरको टिकट पाएका नागेशले विराटनगरमा सोचे मुताविकको मत पाए । आम मतदाताले नागेशलाई मन पराएको देखियो ।
प्रत्यासी सागरको हकमा भने सोचे मुताविकको मत आएन । चुनावी प्रचार–प्रसार ताका विराटनगरका उद्योगी गिरेन्द्र कार्कीले गरेको असहयोगको कारण थापाको मतदाताहरु बिच्किएको बजारमा हल्ला छ । दुईजना विच भएको अन्तरिक सम्झदारीमा गिरेन्द्रले धोकाधडी गरेपछि सागरको मतदाता बिच्किएको बुझ्नमा आएको छ ।

एमालेबाटै विराटनगरको उपमेयरमा उठेकी आफ्नी धर्मपत्नी शिल्पालाई जिताउन सागरसँग उद्योगी गिरेन्द्रले केही आपसी सम्झौता गरेको स्रोत बताउँछ । सम्झौता अनुसार राजनितीक पृष्ठभुमि र जनआधार बलियो भएका सागरले, शिल्पालाई जनसम्पर्क बढाउन सहयोग गर्ने र त्यसबापत उद्योगी गिरेन्द्रले चुनावी प्रचार–प्रसारमा सागरलाई आर्थिक सहयोग गर्ने सम्झदारी भएको थियो ।
सम्झदारी अनुसार चुनावी प्रचार–प्रसारताका सागरले शिल्पालाई दिल खोलेर सहयोग गरेका थिए । सागरले शिल्पाको लागी भोट मात्र मागेनन्, आफुसँग पकडमा रहेका एक एक सुभचिन्तकलाई शिल्पाको पक्षमा स्थापित गराईदिए ।

तर गिरेन्द्रले भने समझदारी अनुरुप सागरलाई सहयोग गरेनन् । सागरका सिफारिसमा प्रचार–प्रसारका लागी जायज खर्च माग्न गएका एमाले कार्यकर्तालाई गिरेन्द्रले अझ भड्काउने काम गरेको भुक्तभोगी सुनाउँँछन् । “तपाँईको नाम सागर जीले सिफरिस गर्नु भएको छैन्, बरु उपमेयरमा शिल्पालाई सहयोग गर्नुस् म तपाईलाई गर्नु पर्ने गरौला” गिरेन्द्रको भनाई उद्धत गर्दै एक भुक्तभोगीले सुनाए ।

आज सोही रुष्ठ जमातको प्रतिक्रिया मतपत्रमा प्रष्टसँगले देखिएको छ । यसरी गिरेन्द्रले सागरको हजारौं भोट बिगारेर एकलौटी शिल्पाको पक्षमा मतदान गर्न लगाएको अहिले स्थानीय राजनितीक वृतमा चर्चा चलेको छ । गिरेन्द्रको यो कुर्तुतलाई अहिलेको भोट प्याटर्नले पनि पुष्ठि गरेको छ । अन्यथा, शिल्पाले सागरलाई भोट संख्यामा उछिन्ने थिईनन् । किनभने शिल्पा भन्दा सागरको जनमत प्रष्ट देखिन्छ ।
तर गिरेन्द्रको धोकेधाडी राजनिती दिर्घकालीन टिक्न सक्दैन र यसको परिणाम आगामी दिनहरुमा शिल्पाले प्रत्यक्ष र अप्रत्यक्ष रुप भोग्नु पर्ला जस्तो देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]