०७ साउन २०८३, बिहिबार
23-07-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रवि राजनीति

Logo

विराटनगर, असार २
निरज बस्नेत
संचारकर्मी रवि लामिछाने राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका छन् । यो कुराको जानकारी उनी स्वयंले आज गरेका छन् । थप जानकारी ७ असारमा राष्ट्रिय सभागृहको हलबाट दिने लामिछाने स्वयंले बताएका छन् । छोटो समयमा चर्चाको शिखरमा पुगेका लामिछानेकोे कहानी घतलाग्दो छ ।

सरकारी संचारमाध्यम नेपाल टेलिभिजनको क्ल्याप बोर्डको तातो पिरो सेग्मेन्ट चलाई संचारकर्ममा अगाडी बढेका हुन् । त्यस्तैगरि यहाँको चलन लगायत अन्य छन् । शुरुवातको समयदेखि नै निखारिएको वक्ताको रुपमा छाएका यिनी समयक्रमसंगै अमेरिका हानिएँ । ९ बर्ष अमेरिकाको बसाईले यिनलाई धेरै कुरा सिकायो ।
जिवनका आरोह अवरोह पार गर्दे कालान्तरमा अमेरिकाबाट नेपाल फर्केपछी रविको जिवनले वास्तवमै कोल्टे फेर्यो ।
टेलिभिजनको ईतिहासमा सर्वाधिक नन्स्टप कार्यक्रम चलाएर यिनले गिनिज बुक अफ वर्ल्ड रेकर्डस् होल्डरमा आफ्नो नाम लेखाउँन सफल भएका छन् । तत्पश्चात् यही गर्विलो कर्मले यिनको सफलता वास्तवमै सही मानेमा जनताको मन मनमा छायो ।
आज रविलाई उनको अथक मिहिनेत कर्मले सबैमाझ लोकप्रिय बनाएको छ । आफ्नो लोकप्रिय छविलाई उनले आजबाट राजनीतिमा होमेका छन् ।
समग्रमा राजनीति विशुद्ध सेवा हो । जहाँ फाईदा नोक्सान हेरिदैन । पवित्र मनले मुलुक जनताप्रति वफादार भएर गरिन्छ । यहाँनिर राजनीति फोहोरी खेल बनेको छ । मनि, मसलको भरमा राजनीतिलाई धेरैले विकृत बनाएँका छन् ।
यस्ता अनेकखाले विकृत धमिरालाई निमिट्यान्न पार्न रविको ईन्ट्रि राजनीतिमा भएँको राजनीतिका धुरन्धरको आँकलन छ ।
जसरी स्वतन्त्रबाट बालेन, हर्कहरु राजनीतिको गन्धालाई सफाया गर्न उँदाएँ, त्यस्तैगरी रविको यो छलाङले एउँटा भरोसाको केन्द्रमा थप एक ईटा थप्ने काम पक्कै गर्नेछ । बाँकी आउँने समयले बताउँने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]