२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

विराटनगरमा तीज विशेष कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, भाद्र ०४, २०७९

विराटनगर , भदौ ४
निरज बस्नेत
विराटनगरस्थित संगम पार्टी प्यालेसमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । मनकामना डान्स सेंन्टर विराटनगरको आयोजनामा शनिवार सो कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नृत्य सम्राट प्रेम सुनाम रहेका थिए । कार्यक्रमको सभापतित्व ७० बर्षीया विराटनगर १० का डिक बहादुर खापुङले गरेका थिए । यिनै डिक बहादुर र सिता सिंहले आकर्षक नृत्य प्रस्तुती गरेका थिएँ । हे कान्छा बोलको सुमधुर गानामा डिक र सिताको जोडी जमेको थियो ।

प्रमुख अतिथि प्रेमले कार्यक्रमको अन्ततिर गरेको बेजोड प्रस्तुतीले यस तीज विशेष कार्यक्रममा जान थपेको थियो । कार्यक्रमका प्रस्तोता विराटनगर ८ का घनिन्द्र मगरले केही गीतमा लोभलाग्दो नृत्य पस्केका थिए । मनकामना डान्स सेंन्टरकी संचालिका संगीता राईले ५ वटा गीतमा बेजोड मनमोहक नृत्य प्रस्तुत गरेकी थिईन् ।

सरगम डान्स सेंन्टर, मनकामना डान्स सेंन्टरबाट आएका कलाकारहरुले समेत कार्यक्रममा नेपाली तथा हिन्दि गानामा नृत्य प्रस्तुत गरेका थिएँ । तीज विशेष कार्यक्रममा दर पनि खुवाईएको थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]