१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

वागीप्रति पनि शुभेच्छा राख्थे गिरी : गिरिजा विरुद्द लड्न दुर्गालाई दिएँ १२ हजार

Logo

विराटनगर , भदौ ७
निरज बस्नेत

नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनसंगै देश अहिले शोकाकूल भएको छ । जीवनमा कहिल्यै पदको लोभ नदेखाएका सादगी प्रदिपको जीवन सवैका लागि प्रेरणामय बनेर गएको छ । सधै सत्ता प्राप्तिका लागि मरिमेट्ने हाम्रा देशका नेताको चरित्र त्यसै त बदनाम छ । झन् त्यागी प्रदिपको स्वर्गवासपछि नेपाली राजनीतिमा असल नेताको खडेरी परेको छ । वस्तीपुर सर्लाही जिल्लामा जन्मिएका प्रदिपको जीवन मरेर गएपनि सधैभरि अमर रहिरहनेछ ।

घाँटीको क्यान्सरवाट लामो समयसम्म पीडित प्रदिपको अन्त मेडिसिटी हस्पिटल ललितपुरमा भयो । नेपाल सरकारवाट उपचारार्थ सुको समेत नलिई आफ्नै सम्पूर्ण खर्चमा प्रदिपले उपचार गरेका थिए । आफै सम्पन्न व्यक्तित्व भएका प्रदिपको जीवन अत्यन्त सरल थियो ।
सादा जीवन उच्च विचारधाराका प्रदिप बौद्दिक सर्कलका महान्तम् नेतामध्यका एक हुन् । महान् नेता स्व. विपी कोईराला, स्व. गणेशमान सिंह, स्व. कृष्ण प्रसाद भट्टराई, स्व. मनमोहन अधिकारी, लगायतसंग तुलनात्मक रुपमा तुलना गरिने हस्ती प्रदिपको जीवनवाट धेरैले सही ज्ञान लिन सक्छन् ।

स्व.प्रदिप प्रखर दीप विचार जगाउने जोगी थिएँ । सत्ताको भोक नभएको तर, संसद र पार्टीको मंच चाहिने अपार संभावनाका खानी थिएँ ।
कांग्रेस खराव भएपनि व्यक्तिगत स्वतन्त्रतामा प्रहार गर्देन भन्ने प्रदिप पार्टीको सदस्य भएपनि विवेक कुरा गर्थे । विवेकलाई माथि राखेर अन्तरआवाजको कुरा बोल्दा कहिलेकाहीँ पार्टीको निर्णय विरुद्द पनि हुन्थ्यो तर उनलाई निरुत्साहित गर्न सक्ने एकजना पनि नेता पार्टीमा देखिएनन् ।

प्रसंग हो, संवत् २०५१ तिरको, लेखक दुर्गा सुवेदीले गिरिजाप्रसाद कोईराला विरुद्द मोरङमा उम्मेदवारी दिएका थिँए । यही वेलामा प्रदिप गिरीलाई नोना कोईरालाले गिरिजालाई चुनावमा सघाउन रु. २५ हजार दिएकी थिईन् । त्यही पाएको रु. २५ हजारवाट प्रदिपले दुर्गालाई रु. १२ हजार दिएका थिएँ । गिरिजाप्रसादको वागी उम्मेदवारलाई पार्टीकै पैसा दिएको भनेर हल्लिखल्ली मच्चिएको थियो । तरपनि प्रदिपलाई कारवाही गर्ने आँट पार्टीले गरेन ।

सन्त नेता कृष्ण प्रसाद भट्टराईले प्रदिपलाई जोगीको उपनाम दिएका थिएँ । प्रदिप जोगी हो । अलख जगाएर खाने होईन, विचार जगाउने जोगी भन्दथे । प्राध्यापक कृष्ण खनालका अनुसार, प्रदिप गिरी, पार्टीभित्र आफ्नो भूमिका र जिम्मेवारी आफै परिभाषा गरेर हिड्न सक्ने क्षमता भएका समकालिन राजनीतिका अपवाद नेता हुन् । कांग्रेस महामन्त्री गगन थापाको विचारमा प्रदिप गिरी तीक्ष्ण बुद्दि र स्मरण शक्ति तेज भएको अर्को मान्छे, साथै फराकिलो ज्ञान भएको अद्भूत व्यक्ति हुन् ।

पूर्व सांसद किरण यादव भन्छिन्ः प्रदिप गिरी सच्चा समाजवादी नेता हुन् । कामरेड घनश्याम भुसालको नजरमा अथवा भनौं बुझाईमा, माक्र्सका वारेमा प्रदिपजी जतिको अध्ययन र प्रभावका साथ बताउन सक्ने अहिले नेपाली क्षितिजमा कोहीपनि छैन । प्रदिपजी ईतिहासका सवै समाजवादीका कमजोरी वा सिमाको समाधान माक्र्समा देख्छन् । तर, प्रचलनमा रहेको माक्र्सवादले नसुल्झाएका धेरै समस्याको समाधान खोज्न चौतर्फी भौतारिरहेको देख्छन् ।

अग्रज पत्रकार किशोर नेपालले प्रदिप गिरीसंगको लामो सहकार्य गरेका छन् । नेपालको चाहीँ गिरीप्रतिको धारणा, बहुमुखी प्रतिभा भएका व्यक्ति, साहित्यका अनुरागी, सजग, संवेदनशिल, बेजोड ज्ञानका भण्डार हुन् । विपीसंग भिन्न मत राख्ने एवं उनकै भाई गिरिजासंग उत्तिसारो राम्रो सम्वन्ध नबनाएका प्रदिप सधै देश र जनताको वारेमा सोचमग्न हुने महान्तम् नेपाली राजनीतिका धरोहर हुन् ।

आफ्नो भौतिक शरीर छोडेर गएतापनि स्व. प्रदिपको देशप्रतिको मोह , माया , प्रेम , ममता , धैर्यता आदीले हरकोहीलाई जीवन जिउने कला सिकाएर गएको छ । आफु जन्मेको माटोप्रति वफादार रही देश र जनताको लागि केही गरेरै मर्नुपर्छ । यसलाई चरितार्थ स्व. प्रदिपले धेरै हदसम्म जगाएर विलिन भएका छन् ।

नेपाली राजनीतिमा अहिलेका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विपक्षी दलका नेता लगायत अन्य पार्टीगत हिसावका नेता कोही एकजनामा पनि देशप्रतिको सच्चा प्रेम नदेखिएको यथार्थ अवस्थामा, प्रदिपको निधनले आज समग्रतामा नेपाल आमाले एक सच्चा सपूत गुमाएको अनूभुति मिलेको छ । जिउँदो हुन्जेल केहि नगर्ने अनि मरेर गएपछि अनेक प्रसंसाका वाणी फ्याक्ने प्रवृति, प्रदिपको देहवासन पछाडी देखियो । धेरै नेतागणले गहिरो दुःख व्यक्त गर्दे गोहीको आँशु झारेको देखियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]