२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

फिल्म समीक्षा ः झिंगे दाउँ आमाको माया अपरम्पार

Logo

विराटनगर, भदौं २३
निरज बस्नेत
नेपाली कथानक चलचित्र झिंगे दाउँ यतिवेला देशभर चलिरहेको छ । आमाको ममतालाई केन्द्रविन्दूमा राखेर चलचित्र निर्माण गरिएको छ । केकी अधिकारी, आँचल शर्मा लगायतको मुख्य भूमिका रहेको छ ।

जेठानी–देउरानीको रोलमा दुवै फिट छन् । एकाघरको कहानीलाई फोकस गरी चलचित्र बनाईएको छ । गाउँकै धनी भण्डारी खलककी छोरीको रोलमा केकी छिन् । आँचलको चाहीँ मिडीयम क्लासको परिवार हुन्छ । केकी–आँचल दुवै मिल्ने साथी हुन्छन् । कालान्तरमा दुवैको पानीवारको झगडा शुरु हुन्छ । यहीँ दुई जनाको झगडा जारी रहन्जेल चलचित्रमा कौतुहलता वढिरहन्छ ।

केकीले दाई सँग विहे गर्छिन् भने आँचलले भाईसँग लगनगाँठो कस्छिन् । विहे पछाडी पनि केही समयसँम्म केकी–आँचल दुवैको घर राम्ररी नै चलिरहेको हुन्छ । जव जव मुवी अगाडी बढ्दै जान्छ । स–सानो कुरापनि ईगोमा परिणत भईदिन्छ । केकी–आँचल दुवैको हात हालाहाल, मारापिटले चलचित्रभित्र उग्ररुप धारण गर्छ । फलस्वरुप दुवै दाजुभाईमा समेत दरार पैदा भईदिन्छ । परिणामतः आमाको माया समेत ओझेल परिदिन्छ ।

वाउ विनाको घर, सानैमा फिल्मका नायक दुवै दाजुभाईले वाउ गुमाएका हुन्छन् । आमा एक्लैले दुई लालावालालाई अनेकौं दुःख–कष्ट झेली हुर्काएकी हुन्छिन् । विहेवारी लाठे वनाई सम्पूर्ण कर्तव्य पूरा गरेकी हुन्छिन् । अन्ततः सुख पाउँने वेलामा जीवनको अन्तिम घडीमा वृद्धाश्रमको वासमा पुग्ने अवस्थामा त्यहीँ छोराछोरीले पुर्याउँदा कम्ति नरमाईलो वित्छ । त्यो भाेग्नेलाई नै थाहाहुन्छ । यही अपरम्पार आमाको माया केन्द्रित झिंगे दाउ चलचित्र बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]