१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

विराटनगरको शुक्रपथ एक वर्षदेखि अन्धाकारमा

Logo
प्रकाशित मंगलबार, आश्विन ०४, २०७९

विराटनगर, असोज ४
पर्रशुराम गिरी

विराटनगर महानगरपालिकाको वाड नं ६मा रहेको शुक्रपथ सडक एक वर्षदेखि उज्यालोविहिन छ । सडकमा बत्ती नहुदाँ स्थानीयहरुलाई आवतजावत गर्न निकै कठिन भईरहेको छ । बत्ति नहुँदा कयौँ पटक यस सडकमा दुर्घटना समेत भईसकेको देख्ने बताउँछन् ।

स्थानीयका अनुसार एक वर्षअघि यस सडकमा रहेको पोलहरुमा बत्तीहरु बल्ने गरेका थिए । तर एकाएक यहाँका बत्तीहरु बल्न छोडिपछि स्थानीहरु आक्रोषित छन् । सडक छेउका घरबाट निस्किएको बत्तिको धमिलो किरणको सहारामा स्थानियहरु अवातजावत गरिरहेका छन् ।

वार्डका जनप्रतिनिधि तथा विद्युत प्रधिकरणका कर्मचारीहरुलाई बारम्बार खबर गर्दापनि समस्याको समाधान हुन नसकेको उनीहरुको गुनासो छ ।
शुक्रपथ सडक शिव मन्दिर, भाटभटेनी र निर्माणाधिन अवस्थामा रहको सेन्टुरो मलको पछाडि छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]