२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विराटनगरको शुक्रपथ एक वर्षदेखि अन्धाकारमा

Logo

विराटनगर, असोज ४
पर्रशुराम गिरी

विराटनगर महानगरपालिकाको वाड नं ६मा रहेको शुक्रपथ सडक एक वर्षदेखि उज्यालोविहिन छ । सडकमा बत्ती नहुदाँ स्थानीयहरुलाई आवतजावत गर्न निकै कठिन भईरहेको छ । बत्ति नहुँदा कयौँ पटक यस सडकमा दुर्घटना समेत भईसकेको देख्ने बताउँछन् ।

स्थानीयका अनुसार एक वर्षअघि यस सडकमा रहेको पोलहरुमा बत्तीहरु बल्ने गरेका थिए । तर एकाएक यहाँका बत्तीहरु बल्न छोडिपछि स्थानीहरु आक्रोषित छन् । सडक छेउका घरबाट निस्किएको बत्तिको धमिलो किरणको सहारामा स्थानियहरु अवातजावत गरिरहेका छन् ।

वार्डका जनप्रतिनिधि तथा विद्युत प्रधिकरणका कर्मचारीहरुलाई बारम्बार खबर गर्दापनि समस्याको समाधान हुन नसकेको उनीहरुको गुनासो छ ।
शुक्रपथ सडक शिव मन्दिर, भाटभटेनी र निर्माणाधिन अवस्थामा रहको सेन्टुरो मलको पछाडि छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]