२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

दशैंको चहलपहल शुरु

Logo

विराटनगर,असोज ४
निरज बस्नेत

नेपालीहरुको महान् चाड वडा दशैंको चहलपहल शुरु भएको छ । दशैं अगावै बजार गुलजारमय बनेको छ । किनमेल गर्नेको संख्यामा ह‍्वात्तै वृद्धि भएको छ ।

वालवच्चादेखि वृद्धसम्मले सपिंङ गरेको बजारमा यत्रतत्र देख्न पाईन्छ । विशेषगरी गृहिणीहरु ज्यादा किनमेलमा रुचि राख्छन् । मूलतः घर–घरमा यतिवेला दशैलाई लक्षित गरी विशेष योजना बन्न थालिसकेको छ । केटाकेटीलाई नयाँ–नयाँ लुगा किन्नको हतारो, जवानलाई नयाँ लुगाको साथमा नयाँ ठाउँतर्फ घुम्न जाने चाँजोपाजो मिलाउनुपर्ने लगायत अन्य रमाईलो गर्ने बन्दोबस्त मिलाउन मानिसहरु बजारतर्फ भौतारिरहेको अहिले भेटिन्छन् ।

पढाई तथा कामको शिलशिलामा शहर आएकाहरु पनि परिवारको लागी सरसमाग्री खरिद गर्न बजार पुगीरहेका छन् । विभिन्न गाडीघोडा कम्पनीहरुले पनि दशैको मौकापारि विशेष स्किमहरु निकाल्ने भएकाले पनि यसबेला बजारका शोरुमहरुमा पनि भिडभाडै हुन्छ ।
स्कूल , कलेज , अफिस समेत लामो विदा हुनाले दशैंको महत्व झन् बढि छ । विदेशमा रहेका नेपाली दाजुभाई–दिदिवहिनीहरु समेत स्वदेश फर्किने भएकाले यसको आफ्नै खाले मौलिक विशेषता छ । यसपालिको दशैंको शुरुवात असोज १० घटस्थापनाबाट छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]