२० मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

दशैंको चहलपहल शुरु

Logo
प्रकाशित बुधबार, आश्विन ०५, २०७९

विराटनगर,असोज ४
निरज बस्नेत

नेपालीहरुको महान् चाड वडा दशैंको चहलपहल शुरु भएको छ । दशैं अगावै बजार गुलजारमय बनेको छ । किनमेल गर्नेको संख्यामा ह‍्वात्तै वृद्धि भएको छ ।

वालवच्चादेखि वृद्धसम्मले सपिंङ गरेको बजारमा यत्रतत्र देख्न पाईन्छ । विशेषगरी गृहिणीहरु ज्यादा किनमेलमा रुचि राख्छन् । मूलतः घर–घरमा यतिवेला दशैलाई लक्षित गरी विशेष योजना बन्न थालिसकेको छ । केटाकेटीलाई नयाँ–नयाँ लुगा किन्नको हतारो, जवानलाई नयाँ लुगाको साथमा नयाँ ठाउँतर्फ घुम्न जाने चाँजोपाजो मिलाउनुपर्ने लगायत अन्य रमाईलो गर्ने बन्दोबस्त मिलाउन मानिसहरु बजारतर्फ भौतारिरहेको अहिले भेटिन्छन् ।

पढाई तथा कामको शिलशिलामा शहर आएकाहरु पनि परिवारको लागी सरसमाग्री खरिद गर्न बजार पुगीरहेका छन् । विभिन्न गाडीघोडा कम्पनीहरुले पनि दशैको मौकापारि विशेष स्किमहरु निकाल्ने भएकाले पनि यसबेला बजारका शोरुमहरुमा पनि भिडभाडै हुन्छ ।
स्कूल , कलेज , अफिस समेत लामो विदा हुनाले दशैंको महत्व झन् बढि छ । विदेशमा रहेका नेपाली दाजुभाई–दिदिवहिनीहरु समेत स्वदेश फर्किने भएकाले यसको आफ्नै खाले मौलिक विशेषता छ । यसपालिको दशैंको शुरुवात असोज १० घटस्थापनाबाट छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]