१४ कार्तिक २०८२, बिहिबार
30-10-2025 , Thu
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

विराट एक्सपो मंसीरमा हुने

Logo
प्रकाशित शुक्रबार, आश्विन १४, २०७९

विराटनगर, असोज १४
निरज बस्नेत
विराटनगरमा विराट एक्स्पो २०७९ यही मंसीर महिनामा हुने भएको छ । विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा सो कुराको जानकारी गराईएको छ । यो विराट एक्स्पोको सातौं संस्करण हो ।

उधोग संगठन मोरङको आयोजनामा हुन लागेको विराट एक्सपोमा नेपालसहित, भारत, बंगलादेश, भुटान, पाकिस्तान, थाईल्याण्ड, चिँन लगायतको सहभागिता रहनेछ । कूल चारसय पन्ध्र स्टल रहने यो एक्स्पो डिग्री क्याम्पसको चौर मलाया रोडमा चल्नेछ । प्रर्दशनी आयोजनाको लागि भनेर २ करोड ५० लाख खर्च हुने आयोजकको अनुमान छ । कूल व्यापार ५० करोड बढीको हुने पूर्वानुमान छ ।

प्रर्दशनी आयोजनाको लागि उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेश १ सरकार, उधोग श्रम तथा रोजगार मन्त्रालय, विराटनगर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उधोग वाणिज्य महासंघ प्रदेश नं. १, स्वीस कन्ट्याक्ट एवं नेपाल कृषि बजार विकास सहज परियोजनाको प्रवद्र्दकका रुपमा सहकार्य, उधोग संगठन मोरङले गरेको हो । प्रर्दशनीको सहयोगीको रुपमा मोरङ व्यापार संघ र विराट व्यापार संघ रहेका छन् । २९ मंसीर देखि ६ पुषसम्म एक्सपो हुनेछ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारको साथमा स्थानीय कलाकार समेतको संलग्नतामा दैनिक साँझमा सांगितिक कार्यक्रम संचालन हुनेछ । प्रत्येक २ । २ वर्षमा उधोग संगठन मोरङले महोत्सव आयोजना गर्दे आईरहेको छ ।

उधोग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेलका अनुसार कृषि, उधम, उधोग, पर्यटन, लगायत समग्र प्रदेश १ को आर्थिक एवं औधोगिक विकासका लागि उत्पादक, उपभोक्ता र मूल्य श्रृंखलाको परिधिभित्र पर्ने समग्र व्यवसायिक सेवा प्रदायकलाई आफ्नो उत्पादन तथा सेवाको विक्रि – वितरण तथा प्रचार–प्रसारका लागि प्रर्दशनीमहोत्सव आयोजन गर्न लागिएको बताएँ । प्रर्दशनी आयोजक समिति संयोजकमा भोला दुलाल तोकिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]