१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

मोरङ–४ मा त्रिपक्षीय महाभिडन्त

Logo

विराटनगर, कार्तिक ५
निरज बस्नेत
देशकै चर्चित क्षेत्रको रुपमा हेरिएको मोरङ–४ मा त्रिपक्षीय महाभिडन्त हुदैछ । १ लाख १० हजार बढी मतदाता रहेको यो क्षेत्रमा गठबन्धनका खरा उम्मेदवार अमनलाल मोदी, एमालेबाट चर्चित व्यक्तित्व विनोद ढकाल एवं राप्रपावाट युवा देशभक्ति उम्मेदवार रवि रिजालबीचमा त्रिपक्षीय भिडन्त हुने अड्कल काटिदेैछ ।

मोदी युवा नेताका रुपमा सत्ता गठबन्धनवाट साझा एक्ला उम्मेदवार हुन् । ५ वर्ष सांसद भएर मोदीले सवैको मन जितेका छन् । अमनको साथमा ग्रामथान गाउँपालिकामा ८० प्रतिशत मत कन्र्फम रहेको स्थानीय कौंशल राय दावी गर्छन् । गएको ७४ को चुनावमा विजयी भएपछी पटक–पटक गाउँमा आई आम मतदाताको मन–मनमा बस्न सफल मोदी आफैमा युवा जुझारु नेताको रुपमा परिचित छन् । कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई हराई प्रतिनिधि सभामा पुगेका मोदीको असल चरित्र नैं सवैमाझ लोकप्रिय छ । हरकोहीसँग सजिलै घुलमिल हुनसक्ने छवि बनाएकै कारण मोदीलाई सायद यो पाली पनि चुनाव जित्न सहज देखिन्छ ।

यता कुनैपनि चुनाव अहिलेसम्म नजितेका एमालेका उम्मेदवार विनोद ढकाल यसपाली पक्का चुनाव जितिछाड्ने दावी गर्छन् । देशकै ठूलो पार्टी एमालेका अध्यक्ष केपी ओलीसँग अत्यन्त घनिष्ठ सम्वन्ध स्थापित गरेका ढकाल युवाको मोर्चा सम्हाल्दै पार्टीका हार्डलाईनर बनेका छन् । देशका प्रतिष्ठित व्यक्तित्वसँगको यिनको सामीप्यताले गहिरो अर्थ राख्छ । एमालेमा रहेर सधै केन्द्रमा प्रभाव पार्नसक्ने नेताको छवि बनाएका ढकालले चुनाव जितेमा मोरङ–४ को समस्या जादूको छडी जसरी समाधान गर्न सक्ने दावी कटहरी–७ का अमरेन राजवंशी दावी गर्छन् । तत्कालीन विराटनगरको स्थानीय चुनावमा कांग्रेसका भीम पराजुलीसँग मेयरमा हारेका ढकालले त्यँहादेखि गिरेको साखलाई केहीवर्षमा ह््वात्तै बढाएर लगेका छन् । हरेक स्तरको चुनावमा पराजित भोगे तापनि असफलतालाई शिरोधार्य सहज रुपमा लिएका ढकाल यसपाली बाजी मार्ने दावी गर्छन् ।

त्रिपक्षीय महाभिडन्तको बलिया क्यान्डिडेट राप्रपाका युवा जुझारु उम्मेदवार रिजाल विल्कुलै नयाँ अनुहार देखिएतापनि केही गर्ने अठोट बोकी आएका उदियमान नेता हुन् । स्व. प्रधानमन्त्री नागेन्द्र प्रसाद रिजालका नाती एवं कूलचन्द्र प्रसाद रिजालका जेष्ठ सुपुत्र रवि शिक्षित पढेलेखेका स्पष्ट भिजन भएका प्रखर युवा नेता हुन् । यिनको पुस्तैनी ईतिहास गर्विलो छ । यिनलाई नपुग्दो केही छैन । तरपनि देशभक्तिले ओतप्रोत यिनको मन कहाँ पो मान्न सक्छ र , आज मोरङ–४ बाट चुनावी दौंडमा केही गर्छु भनी दृढ संकल्प काँधमा बोकी सवै मतदाता माँझ एककदम अगाडी आएका छन् ।

 

व्याचलर होल्डर श्रीमती आराधनाको बजोड साथ, आम मोरङ–४ का मतदाताको भरपूरसाथ नै यिनको विजयीको सुनिश्चतता देखिन्छ । समाजसेवाको पर्यायवाची बनेका रिजालको सक्रियता देखिनेगरी समाजसेवामा क्लिएर देखिएको छ । ४० विगा जमिनमा सुकुम्वासीका १३ सय घर आज पनि जनतावस्ती ईटहरीमा रहेको छ । यो ४० विगा जमिन यिनकै हो । यिनका स्व. हजुरवुवा पूर्वप्रधामन्त्री नागेन्द्र प्र रिजाल हिन्दू परिषद्का पहिलो संस्थापक अध्यक्ष हुन् । स्व. राजा वीरेन्द्रको राज्याभिषेकको रुपमा सम्पूर्ण तारतम्य मिलाउने व्सक्तित्व समेत यिनकै हजुरवुवा स्व. नागेन्द्र नै थिएँ ।

 

मे ७ २०१४ मा आराधना पुडासैनीसँग एरेन्ज म्यारिज भएयता आज प्रत्येक क्षण दरो खम्वाको रुपमा साथमा साथ मिलिरहेको छ । जुन आफैमा उदाहरणीय हो । आराधनाको पढाई दार्जिलिङको कालेवुङ शहर हुदै सिंगारपुरमा समेत भएको थियो ।

 

समग्रतामा हेर्दा मोदी, ढकाल, रिजाल बीचमा त्रिपक्षीय महाभिडन्त हुने नै देखिन्छ । तरपनि जनताले यो पाली फ्रेस क्यान्डिडेट खोजेका हुन् । आम मतदाताले कयौ. पटक कांग्रेस, एमाले, माओवादीलाई जिताएँ । परिणाम देखिनेगरी एउटा पनि गतिलो काम भएन । तसर्थ राप्रपाका युवा उम्मेदवार रिजाललाई यसपाली चुनाव जित्ने सुवर्ण अवसर देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]