२५ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

धनतेरसमा सुनका सामानमा मरिहत्य नगरौं

Logo
प्रकाशित शनिबार, कार्तिक ०५, २०७९

विराटनगर, कार्तिक ५
निरज बस्नेत
तिहारको आगमन आजबाट औंपचारिक रुपमा शरु भएको छ । धनतेरसमा आज मुलुकभर विविध सामाग्री किनेर यसलाई मनाउने चलन छ । मूलतः गरगहनामा बढी पैंसा खर्च गर्ने आम मानिसको बानी हुन्छ । धनलाई बढाउने विशेष पर्वको रुपमा धनतेरसलाई हेरिन्छ ।

सुन–चाँदीमा लगानी गर्नाले धन बढोत्तरी हुने आम बुझाई रहेको पाईन्छ । शास्त्रको हवाला दिदैं केही कथित व्यापारीले सुन नै किन्दा उत्तम हुने भ्रम फैलाएका छन् । वास्तवमा यथार्थ अर्के छ । धार्मिक किंवदन्तीकै कुरा गर्ने हो भने कुनै पनि ग्रन्थमा यकिन किटान गरी धनतेरसमा गरगहना नै किन्नुपर्छ भनी कहीकतै लेखिएको पाईदैंन । तरपनि छोटो समयमै धन आर्जन गर्ने राम्रो अवसरको रुपमा धनतेरसलाई सून तस्करी कथितधारीहरुले राम्रै लाभ लिएको देखिन्छ ।

यसमा वास्तवमा सूनका केही कथित व्यापारी कै संलग्नता हुने गरेको छ । हो, धनतेरसमा केही धन आर्जन हुने चिजविजमा लगानी गर्नु सकारात्मक पाटो हुनसक्छ । तर, यसका लागि दिर्घ असर पार्ने खालका क्षेत्रमा लगाानी गरी धनतेरसलाई बढावा दिन सकिन्छ ।

मूलतः धनतेरसमा आफ्नो स्वास्थ्यतर्फ विशेष जोड दिन सकिन्छ । होल वडी चेकजाँच गरी आफू स्वस्थ हुनुतर्फ ध्यान दिन सकिन्छ । किनकी स्वास्थ्य नै धन हो । शरीर स्वस्थ भएमा मात्र कमाएको धनले प्रतिफल पाउन सकिन्छ । यो कुरा यसै भनिएको होईन । पौराणिक ग्रन्थहरुमा उल्लेख गरिएको वास्तविक कुरा हो । अर्कोतर्फ घर–घडेरीमा लगानी गर्न सकिन्छ । स्टक मार्केट, शेयरमा लगानी गर्दा हुन्छ । बैंकमै फिक्स डिपोजिट गर्दा उत्तम हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]