१८ भाद्र २०८२, बुधबार
03-09-2025 , Wed
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

रेखालाई अव कसले पत्याउँला ?

Logo
प्रकाशित शुक्रबार, पुष ०१, २०७९

विराटनगर, पुष १
निरज बस्नेत
मंसीर–४ मा सम्पन्न निर्वाचनमा मोरङ–३ बाट पराजित राप्रपाका उम्मेदवार रेखा थापा हुन् । नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा यस मोरङ क्षेत्र नं. ३ देखी विजयी भएका थिँए । शर्माले अत्यधिक मतले रेखालाई हराउन सफल भएका थिँए । रेखा तेस्रो नम्वरमा अटाइन् । दोस्रोमा एमालेका भानुभक्त ढकाल निकटतम प्रतिद्दन्दी भएका हुन् ।

रेखाले पाएको मत उनको हैंसियत भन्दा माथिको हो । यस ३ नं. क्षेत्रमा कांग्रेसका शर्मा १० बर्ष अघिददेखी नै आम मतदाताको सेवामा दत्तचित्त भएर वर्कआउट गर्दे आइरहेका थिँए । रेखाको हकमा यिनले सिन्को सम्म भाचेकी छैनन् । नेपाली चलचित्र क्षेत्रमा केही हदसम्म सफलता हात लागेको भएतापनि सुपरहिट नै चाँही भएको आम नेपाली दर्शक मान्न तयार छैनन् ।

विराटनगरमा सन् १९९९ को मिस कोशीमा टप १० भित्र अटाएकी थिइन् । लगत्तै छविराज ओझासँग सल्की उनकै श्रीमती भई उनकै चलचित्र हिरोबाट नेपाली चलचित्रमा उदाएकी थिइन् । हिरोमा हिरोबनेर राजेश हमालले साथ दिएर नै रेखाको फिल्मी क्यारिएर राम्रै मोडमा पुगेको सत्य हो । घमण्डी स्वभावकी रेखाले अहिले शाही थरका केटोसँग दोस्रो विवाह गरिसकेकी छिन् । चुनावताका यही दोस्रो लोग्नेलाई उनले राम्रैसँग चुनावी प्रचार–प्रसारमा खटाएकी थिँइन् ।

आम मोरङ क्षेत्र नं. ३ का १० हजार बढी मतदाताले रेखालाई मत त दिएकै हुन् । जुन मतको अपमान अहिले रेखाले सामाजिक संजाल मार्फत गरिरहेकी छिन् । पैसामा मेलै मतदातालाई किन्न सकिन । र, हारे । यही उत्ताउलो पाराको आठे जवाफ ओकल्नु पनि रेखाले मोरङ क्षेत्र नं. ३ का मतदाताप्रति गरेको क्षुद्र व्यवहार हो । यससँगै अन्य फोरमबाट पनि रेखाले गलत हर्कत गरिरहेकी छिन् । जुन, कुकृत्य जनतालाई पचेको छैन् ।

राजनीति पृष्ठभूमि नभएकी रेखा एक्कासी राजनीतिमा आउँनुलाई प्रायले मनपराएका उही वेला थिएनन् । कहिले सिंहदरवार अगाडी प्रचण्डसँग कम्मर मर्काउनुलाई त्योवेला पनि असंख्यले उत्ताउलोपनाको संज्ञा नै दिएका थिँए । बादमा पार्टी चेन्ज गर्ने परिपाटीले रेखालाई धेरैले धिक्कारेका पनि थिँए ।

कपटपूर्ण राजनीतिले अन्तत रेखालाई मोरङ–३ का मतदाताले पछारिदिएँ । जुन, लायक नै रेखा थिँइन् । आगामी दिनमा रेखाको राजनीति भविष्य प्राय–प्राय राम्रो पनि छैन । अव फिल्मी दुनियाँमा समेत रेखाको दुश्मन नै बढी छन् । यसर्थ यिनको यात्रा खासै सुखद छैन । कल्याण यसमै हुन्छ की रेखाले गृहस्थी जीवन नै रोज्नु राम्रो हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]