
२०८२, भदाै १८
न पचायो प्रेम उस्ले, न घृणा
न पचायो खुसी उस्ले ,न त पीडा!
पचायो त केवल उस्ले,
त्यही क्षणिक कृडा!
ए भन न ,मान्छेले चाहन्छ के!? (२)
प्रेम दिए , निरर्थक मान्छ
बेवास्ता दिए बेकार ठान्छ !
ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२)
अल्झिन्छ बिगतमै जे छ सिकेको !
ए भन न, मान्छेले चाहन्छ के ?(२)
प्रेम र बिश्वास ,के माग्ने कुरा हो!?
हिजोको यो मधुर वाणी ,आज किन छुरा भो ?
नाघेको सिमा उसैले थियो,
सोच त सांची, उपमा के दियो !
ए भन न ,मान्छेले चाहन्छ के ?
मनको क्षति ,तनलाई भो सास्ती
दुख्ने छ एउटा ,अर्कोलाई दास्ती!
आशुंको दानमा, उसको पो सान छ ए !
प्रेमको नाममा ,धम्की पो हान्छ ए !
ए भन न,मान्छेले चाहन्छ के ?