०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

ए भन न, मान्छेले चाहन्छ के ?

Logo
मनु बुढाथाेकी

२०८२, भदाै १८
न पचायो प्रेम उस्ले, न घृणा
न पचायो खुसी उस्ले ,न त पीडा!
पचायो त केवल उस्ले,
त्यही क्षणिक कृडा!
ए भन न ,मान्छेले चाहन्छ के!? (२)

प्रेम दिए , निरर्थक मान्छ
बेवास्ता दिए बेकार ठान्छ !
ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२)
अल्झिन्छ बिगतमै जे छ सिकेको !
ए भन न, मान्छेले चाहन्छ के ?(२)

प्रेम र बिश्वास ,के माग्ने कुरा हो!?
हिजोको यो मधुर वाणी ,आज किन छुरा भो ?
नाघेको सिमा उसैले थियो,
सोच त सांची, उपमा के दियो !
ए भन न ,मान्छेले चाहन्छ के ?

मनको क्षति ,तनलाई भो सास्ती
दुख्ने छ एउटा ,अर्कोलाई दास्ती!
आशुंको दानमा, उसको पो सान छ ए !
प्रेमको नाममा ,धम्की पो हान्छ ए !
ए भन न,मान्छेले चाहन्छ के ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]