१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

अर्थमन्त्रीसँग कूरो मिलेपछि व्यवसायीहरुको सम्पूर्ण किसिमको आन्दोलन स्थगित

Logo

विराटनगर, पुष १३
निरज बस्नेत
केही समय अगाडीदेखी आन्दोलनरत देशभरका व्यवसायीहरु एवं नेपाल सरकार बीचको वार्ता सकारात्मक दिशाातर्फ मोडीएपछि आजको वार्तामा एकखाले सहमती भएको कुरा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताएका छन् ।

रिजालका अनुसार आज सरकारको प्रतिनिधित्व गर्दे अर्थ मन्त्री विष्णु पौडेल तथा व्यवसायीकोतर्फबाट नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा सहितको दुवै पक्षले गरेको वार्ता सफल भएको हो ।

वार्ता सफल भयो रिजालले भने सँगसँगै आजैबाट जिल्लाहरुमा भइरहेको आन्दोलन समेत स्थगित गरेका छौ । अर्थमन्त्रीले पुषभित्रमा हाम्रो माग सम्वोधन हुने आश्वासन दिएको समेत रिजालले जानकारी गराए ।

व्यवसीहरुले कार्तिकदेखी राष्ट्र बैकले कार्यान्वयनमा ल्याएको चालु पुँजी कर्जा सम्वन्धी व्यवस्थाको कार्यान्वयन तत्कालको लागि रोक्नु पर्ने माग राखेका थिए । साथै हाल बैंक तथा वित्तीय संस्थाहरुले कर्जामा लिदै आएको ब्याजदर घटाउनुपर्ने कोभिडको समयमा दिइएको कर्जा पुर्नसंरचना तथा तालिकीकरण पुषमा सकिन लागेकाले थप समय दिनुपर्ने लगायतका माग राखेका थिए ।

यता सरकारले सवै माग तत्काल पूरा गर्न नसकेपनि प्रायजसोमा सोच्नसकिने अर्थमन्त्रीले वचन दिएको समेत रिजालले बताए । यो वार्तामा अर्थ र राजश्व सचिव सहित गभर्नर समेतको सहभागिता रहेको थियो । त्यसैले समस्या समाधान हुनेमा रिजाल आशावादी छन् ।

वार्तामा मोरङ व्यापार संघको तर्फवाट रिजाल सहित पूर्वअध्यक्ष पवन सारडा, वरिष्ठ उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष अनिल साह, सचिव संजय श्रेष्ठ, सदस्य दिव्य सुवेदीको उपस्थिती रहेको हो ।

त्यस्तै उद्योग संगठन मोरङबाट प्रदीप मुरारका पनि सहभागी रहेको जानकारी पनि रिजालले गराएँ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]