२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

अर्थमन्त्रीसँग कूरो मिलेपछि व्यवसायीहरुको सम्पूर्ण किसिमको आन्दोलन स्थगित

Logo
प्रकाशित बुधबार, पुष १३, २०७९

विराटनगर, पुष १३
निरज बस्नेत
केही समय अगाडीदेखी आन्दोलनरत देशभरका व्यवसायीहरु एवं नेपाल सरकार बीचको वार्ता सकारात्मक दिशाातर्फ मोडीएपछि आजको वार्तामा एकखाले सहमती भएको कुरा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताएका छन् ।

रिजालका अनुसार आज सरकारको प्रतिनिधित्व गर्दे अर्थ मन्त्री विष्णु पौडेल तथा व्यवसायीकोतर्फबाट नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा सहितको दुवै पक्षले गरेको वार्ता सफल भएको हो ।

वार्ता सफल भयो रिजालले भने सँगसँगै आजैबाट जिल्लाहरुमा भइरहेको आन्दोलन समेत स्थगित गरेका छौ । अर्थमन्त्रीले पुषभित्रमा हाम्रो माग सम्वोधन हुने आश्वासन दिएको समेत रिजालले जानकारी गराए ।

व्यवसीहरुले कार्तिकदेखी राष्ट्र बैकले कार्यान्वयनमा ल्याएको चालु पुँजी कर्जा सम्वन्धी व्यवस्थाको कार्यान्वयन तत्कालको लागि रोक्नु पर्ने माग राखेका थिए । साथै हाल बैंक तथा वित्तीय संस्थाहरुले कर्जामा लिदै आएको ब्याजदर घटाउनुपर्ने कोभिडको समयमा दिइएको कर्जा पुर्नसंरचना तथा तालिकीकरण पुषमा सकिन लागेकाले थप समय दिनुपर्ने लगायतका माग राखेका थिए ।

यता सरकारले सवै माग तत्काल पूरा गर्न नसकेपनि प्रायजसोमा सोच्नसकिने अर्थमन्त्रीले वचन दिएको समेत रिजालले बताए । यो वार्तामा अर्थ र राजश्व सचिव सहित गभर्नर समेतको सहभागिता रहेको थियो । त्यसैले समस्या समाधान हुनेमा रिजाल आशावादी छन् ।

वार्तामा मोरङ व्यापार संघको तर्फवाट रिजाल सहित पूर्वअध्यक्ष पवन सारडा, वरिष्ठ उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष अनिल साह, सचिव संजय श्रेष्ठ, सदस्य दिव्य सुवेदीको उपस्थिती रहेको हो ।

त्यस्तै उद्योग संगठन मोरङबाट प्रदीप मुरारका पनि सहभागी रहेको जानकारी पनि रिजालले गराएँ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]