०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

इटहरी राजश्वको देखावटी छापा, विराटनगरको नारायण स्टोर र अम्बिका बस्त्रालयमा, कागजात नियन्त्रणमा

Logo

निरज बस्नेत
विराटनगर, इटहरी, माघ ४
राजश्व अनुशन्धान ईकाई कार्यालय इटहरीको टोलीले बुधवार विराटनगरको नारायण स्टोर र अम्विका बस्त्रालयमा छापा मारेको छ । साथमा महत्वपूर्ण कागजात समेत नियन्त्रणमा लिएर गएको छ ।

राजश्व अनुशन्धान ईकाई कार्यालय इटहरीका सुचना अधिकारी एवं अधिकृत विनोद पोखरेलका अनुसार अवैध कारोवार गरेको सुचनाका आधारमा छापा हानेर कागजात नियन्त्रणमा लिएको हो ।

नन्दु किशोर तापडिया र किसन तापडियाले संचालन गरेको नारायण स्टोर भारतको जोगवनीमा समेत रहेको छ । खुल्ला सिमाको फाइदा उठाउँदै भन्सार छलेर कपडा भित्र्याएको आरोप उक्त स्टोरलाई लाग्दै आएको छ । यस्तो कार्यमा अम्विका बस्त्रालयको समेत हर्कत देखिदै आएको छ । यसका संचालक प्रदीप अग्रवाल हुन् ।

विगत झै आज पनि राजश्वको टोलीले व्यवसायिक घरानालाई निशाना बनाउँदै छापा मारेको छ । पछि बार्गेनिङमा कुरा मिलाएर घटनालाई छामछुम पार्ने गरिएको विगतको कामले देखाउँदै आएको पाइन्छ । यही तितो यथार्थ हो ।

तर, अव त भाे,े अति भो, आखिर यो हद कहिलेसम्म भन्दै विराटनगरका धेरैजसो व्यसायीहरु आक्रोसित भएको देखिएको छ ।

वास्तवमै गल्ती देखिएको छ भने जो कोहीपनि कानुनको दायरामा आउँनैपर्छ र कार्वाहीको भागीदार बन्नैपर्छ । अनि राजश्वको काम स्क्याण्डलको नाममा चर्चा बटुल्ने नभएर वास्तवमै काम नै हुनुपर्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]