०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

इटहरी राजश्वको देखावटी छापा, विराटनगरको नारायण स्टोर र अम्बिका बस्त्रालयमा, कागजात नियन्त्रणमा

Logo

निरज बस्नेत
विराटनगर, इटहरी, माघ ४
राजश्व अनुशन्धान ईकाई कार्यालय इटहरीको टोलीले बुधवार विराटनगरको नारायण स्टोर र अम्विका बस्त्रालयमा छापा मारेको छ । साथमा महत्वपूर्ण कागजात समेत नियन्त्रणमा लिएर गएको छ ।

राजश्व अनुशन्धान ईकाई कार्यालय इटहरीका सुचना अधिकारी एवं अधिकृत विनोद पोखरेलका अनुसार अवैध कारोवार गरेको सुचनाका आधारमा छापा हानेर कागजात नियन्त्रणमा लिएको हो ।

नन्दु किशोर तापडिया र किसन तापडियाले संचालन गरेको नारायण स्टोर भारतको जोगवनीमा समेत रहेको छ । खुल्ला सिमाको फाइदा उठाउँदै भन्सार छलेर कपडा भित्र्याएको आरोप उक्त स्टोरलाई लाग्दै आएको छ । यस्तो कार्यमा अम्विका बस्त्रालयको समेत हर्कत देखिदै आएको छ । यसका संचालक प्रदीप अग्रवाल हुन् ।

विगत झै आज पनि राजश्वको टोलीले व्यवसायिक घरानालाई निशाना बनाउँदै छापा मारेको छ । पछि बार्गेनिङमा कुरा मिलाएर घटनालाई छामछुम पार्ने गरिएको विगतको कामले देखाउँदै आएको पाइन्छ । यही तितो यथार्थ हो ।

तर, अव त भाे,े अति भो, आखिर यो हद कहिलेसम्म भन्दै विराटनगरका धेरैजसो व्यसायीहरु आक्रोसित भएको देखिएको छ ।

वास्तवमै गल्ती देखिएको छ भने जो कोहीपनि कानुनको दायरामा आउँनैपर्छ र कार्वाहीको भागीदार बन्नैपर्छ । अनि राजश्वको काम स्क्याण्डलको नाममा चर्चा बटुल्ने नभएर वास्तवमै काम नै हुनुपर्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]