२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विर्तामोडमा अन्तराष्ट्रिय महोत्सव

Logo
प्रकाशित आइतबार, माघ ०८, २०७९

निरज बस्नेत, खेम पौडेल
विर्तामोड, झापा, माघ ८
विर्तामोडमा, विर्तामोड उद्योग वाणिज्य संघले यही ५ फागुन देखी १५ फागुनसम्म अन्तराष्ट्रिय महोत्सव गर्ने कुराको जानकारी विर्तामोड वाणिज्य संघका अध्यक्ष प्रकाश सिवाकोटीले जानकारी गराएका छन् ।

महोत्सवका संयोजक तथा वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेका अनुसार महोत्सव रामचोक र चारपाने चोकको बीचमा रहेको खाली जग्गामा लाग्नेछ ।

नेपालमा उत्पादित कृषिवस्तु र हस्तकलाका सामाग्रीलगायतको प्रदर्शन र प्रवद्र्दन गर्ने, आन्तरिक पर्यटन प्रवद्र्दन सांस्कृतिक तथा ऐतिहासिक महत्वका स्थलहरुको प्रचारप्रसार प्रवद्र्दन गर्ने जस्ता उद्देश्य राखेर महोत्सव गर्न लागिएको अध्यक्ष सिवाकोटी बताउँछन् ।

व्यापार महोत्सवको प्रमुख विशेषतामा नेपाललगायत छिमेकी राष्ट्रहरुको लगानीकर्ता , उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मन्चमा भेटघाट, भेला गराई सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलव्ध गराउनु रहेको संघका महासचिव अर्जुनकुमार मैनालीले बताएँ ।

महोत्सवमा २५० स्टल रहनेछन् । ४५ करोडको कारोवार हुने आयोजक समितिको लक्ष्य छ । महोत्सव ५ विगाह क्षेत्रफलमा हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]