२७ आषाढ २०८३, शनिबार
11-07-2026 , Sat
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

विराटनगरमा इतिहासकै सबैभन्दा ठुलो एक्स्पो लगाउने तयारीमा सिएनआई

Logo

विराटनगर, माघ १२
विराटनगरमा इतिहासकै सबैभन्दा ठुलो एक्स्पो आयोजना हुँदैछ । कन्फिडिरेशन अफ नेप्लिज ईण्डसट्रिज (सिएनआइ) प्रदेश १ले विराटनगरको शंकरपुर खेल मैदानमा सो एक्स्पो आयोजना गर्न लागेको हो । सिएनआई कोशी एक्स्पो नाम दिईएको उक्त एक्स्पो यही माघ १९ गते देखि २८ गतेसम्म संचालन हुँदैछ ।

शंकरपुर खेलमैदानमा यसअघि विराट व्यापार संघ र उद्योग संगठन मोरङले आलोपालो विराट एक्स्पो आयोजना गर्दै आएको थियो । तर यसपटक भने सिएनआईको टोलीले जग्गाधनीलाई कन्भीन्स गरी उक्त स्थानमा सिएनआई कोशी एक्स्पो लगाउने तारतम्य मिलाईसकेको छ ।
यसअघि एक्स्पोेहरु अयोजना गर्दा शंकरपुरका दुईमध्ये एक खुल्ला मैदानमा प्रद्धर्शनी स्थल बनाईने गरीईएको थियो र अर्को मैदानलाई पार्किङको रुपमा प्रयोग गरिदै आएको थियो । तर अब सिएनआईले गर्ने एक्स्पोमा दुवै खुल्ला मैदानलाई जोडी विशाल एक प्रद्धर्शनीस्थल बनाईदैछ । बुधवार दुई खेलमैदानलाई जोडन आयोजकले खेलमैदानको पर्खालसमेत भत्काईसकेको छ । पार्किङको लागी भने आसपासमा रहेको विभिन्न पाँच खुल्ला मैदानलाई प्रयोगमा ल्याईने बताईएको छ ।

सिएनआई एक्स्पोमा ३ सय ५० भन्दाबढी व्यापारीक स्टलहरु राखिने भएको छ । एक्स्पोमा स्वदेशी उत्पादनलाई मुख्य प्राथमिकतामा राख्दै भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकको उत्पादनको प्रदर्शनी रहेको छ ।
सिएनआईका प्रदेश १का अध्यक्ष भिम घिमिरेले सिएनआई एक्स्पो विराटनगरको अहिलेसम्मको सबैभन्दा ठुलो एक्स्पो हुने दावी गरेका छन् । एक्स्पोको स्वरुप, कारोबार र सहभागीताको आधारमा सिएनआई कोशी एक्स्पो अहिलेसम्मकै सबैभन्दा ठुलो प्रद्धशनी हुने आयोजकको भनाई छ ।

दुई महिनामा दुई अन्तर्राष्ट्रिय एक्स्पो

यही वर्षको मंसिर २९ गतेदेखि पुष ९ गतेसम्म विराटनगरको पुरानो हवाईफिल्डमा उद्योग संगठन मोरङले विराट एक्स्पो अयोजना गरी समापन गरिसकेकोछ । त्यसको दुई महिना बित्न नपाउदै यहाँ सिएनआईले अर्को अन्तराष्ट्रियस्तरको एक्स्पो आयोजना गर्दैछ ।

दुई महिनाको अन्तर्रालमा अर्को अन्तराष्ट्रिय एक्स्पो आयोजना गरिनुलाई उद्योग संगठन, व्यापार संघ र परिसंघविचको जुंगाको लडाईको रुपमा हेरिएको छ । के यो जुंगाको लडाई नै हो भन्ने प्रश्नमा परिसंघका अध्यक्ष घिमिरले भने “ सिएनआई एक्स्पो पहिलो पटक हुन गईरहेको एक्स्पो हो, म प्रदेशको संस्थापक अध्यक्ष भएकोले यसलाई भव्यताको सफल पार्नु मेरो दायीत्व हो” उनले थपे “ विराट एक्स्पो पनि हाम्रै कार्यक्रम हो, यसलाई सफल पार्नु पनि हाम्रो दायीत्व हो, मैले सकेको विराट एक्स्पोको लागी पनि गरेको छु ।”

तिनै संस्था मिलेर एउटै व्यानरमा एक्स्पो गराउने साँझा योजना रहेको, त्यस विषयमा छलफल हुँदाहुदै पनि समय अभावको कारण साँझा कार्यक्रम गर्न नसकिएको घिमिरेको भनाई छ । अर्को पटक साँझा ब्यानरमा कार्यक्रम गर्न सिएनआईको तर्फबाट ढोका खुल्ला रहेको अध्यक्ष घिमिरेले जनचर्चा डटकममार्फत सबैलाई जानकारी गराउन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]